• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जिल्ला लिग फुटबल बैसाखमा

जिल्ला लिग फुटबल बैसाखमा

images

प्रभाव न्यूज

१४ चैत्र २०७७
  • 21.3K
    SHARES
  • images
    जिल्ला लिग फुटबल बैसाखमा
    images
    images
    images

    खोटाङमा आगामी बैसाखमा जिल्ला लिग फुटबल प्रतियोगीता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघको शुक्रबार बसेको बैठकले आगामी बैसाख १० गतेदेखि (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्ला लिग फुटबल प्रतियोगीताको खेल तालिका आगामी चैत २१ गते सार्वजनिक गरिने जिल्ला फुटबल संघका सदस्य सनम राई (जोजो)ले जानकारी दिए । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगीता सुरु भएको हो । यसपल्टको (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा राजावासस्थित यलम्बर खेलमैदानमा सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ । एन्फाको निर्देशिका अनुसार (ए) डिभिजनमा बाक्सिला फुटबल क्लव, खोटाङ फुटबल एकेडेमी, खारम्बु स्पोर्टस् क्लव खार्मी, सोल्मा स्टपोर्टस क्लव सोल्मा, खोटाङ भगवती स्पोर्टस् क्लव खोटाङबजार र हलेसी तुवाचुङ फुटबल क्लवबिच प्रतिष्पर्धा हुने छन् । यस्तै, (बि) डिभिजनमा नमूना स्पोर्टस् क्लव लफ्याङ, बुईपा इलाभेन स्पोर्टस् क्लव बुईपा, नुनथला फुटबल क्लव नुनथला र जन्तेढुंगा फुटबल क्लव जन्तेढुंगाबिचमा प्रतिष्पर्धा हुने जिल्ला फुटबल संघका सदस्य राईले जानकारी दिए । २०७६ सालको लिगमा प्राप्त गरेको अंकको आधारमा जिल्लाका ६ वटा टिम (ए) डिभिजनमा र ४ वटा टिम (बि) डिभिजनमा परेको हो । जिल्ला लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । जिल्ला फुटबल संघका अध्यक्ष ध्रुबबिक्रम राईको अध्यक्षतामा भएको बैठकमा एन्फाका प्रदेश समिति सदस्य समिर राई लगायतको उपस्थिति रहेको थियो ।

    images

    images
    images

    प्रकाशित :चैत्र १४, २०७७ शनिवार - १०:४२:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij