• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कांग्रेसलाई सत्तामा जान हतारो छैन : भिष्मराज आङ्देम्बे

कांग्रेसलाई सत्तामा जान हतारो छैन : भिष्मराज आङ्देम्बे

images

प्रभाव न्यूज

३ चैत्र २०७७
  • 26.4K
    SHARES
  • images
    कांग्रेसलाई सत्तामा जान हतारो छैन : भिष्मराज आङ्देम्बे
    images
    images
    images

     खोटाङ  - नेपाली कांग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङ्देम्बेले कांग्रेसलाई सत्तामा जानका लागि हतारो नभएको बताएका छन्।

    images

    नेपाल प्रेस यूनियन खोटाङले सोमबार साँझ दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य आङ्देम्बेले जनताबाट पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने मेनडेट पाएकाले नेपाली कांग्रेसलाई तुरुन्तै सत्तामा जानका लागि हतारो नभएको बताएका हुन्।

    ‘नेपाली कांग्रेसलाई राम्ररी थाहा छ, कांग्रेस जनताबाट पाँच वर्षका निम्ति प्रतिपक्षमा बस्ने मेनडेट प्राप्त गरेको पार्टी हो। त्यसले गर्दाखेरी सत्तामा जान हतार गरेको छैन,’ कांग्रेसका अनुशासन समितिका संयोजक रहेका आङ्देम्बेले भने, ‘नेपाली कांग्रेस सत्ता प्राप्त गर्नका लागि मरिहत्ते गरेर तुरुन्तै जनताले दिएको पाँच वर्ष प्रतिपक्षमा बस भन्ने म्याण्डेटलाई विर्सेर हतार हतारमा अभिव्यक्ती सार्वजनिक गरिरहेको छैन ।

    सत्ताका लागि मरिहत्ते गरिरहेको छैन।’ होटल सगरमाथामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य आङ्देम्बेले कांग्रेस अन्य दलको नेतृत्वमा सरकारमा नजाने स्पष्ट पारेका छन्। उनले आवश्यकता परेको खण्डमा आफ्नै नेतृत्वमा मात्र कांग्रेस सरकारमा जाने बताएका छन् ।

    images

    ‘नेपाली कांग्रेस कसैको नेतृत्वमा सरकारमा गइरहेको छैन । नेपाली कांग्रेस हतारमा हौसिने र फुर्सदमा पछुताउने काम पनि गरिराखेको छैन। कांग्रेस मुलुकलाई अप्ठ्यारो पर्दाखेरी जिम्मेवारीबाट पन्छिन पनि चाहेको छैन,’ आङ्देम्बेले भने, ‘यो मुलुकमा देखा परेको गुजुल्टोलाई फुकाएर हामीले प्राप्त गरेका उपलव्धीलाई संस्थागत गर्दै जनतामा भरोसा दिलाउनका लागि कांग्रेसको आवश्यकता परे आफ्नै नेतृत्वमा अगाढि बढ्छ, अरुको नेतृत्वमा बढ्ने कुरा भएन।

    images

    कांग्रेस आफ्नो नेतृत्वमा सबै राजनैतिक पार्टीलाई समेटेर अगाडि बढ्ने कोसिस गर्दछ। तर, सत्तामा पुग्नका लागि आशक्ती व्यक्त गरेर अहिले मरिहत्ते गरिरहेको छैन।’ आङदेम्बेले सत्ता समिकरणका लागि हाल राष्ट्रिय राजनीतिमा देखिएका पार्टीहरुबिचमा छलफल र बहस भइरहेको भए पनि कांग्रेस बिश्वस्त हुने ठाउँ नभएको बताए। उनले हाल कांग्रेस ‘पर्ख र हेर’ कै अवस्थामा रहेको स्पष्ट पारेका छन् । ‘हामी अहिले पर्ख र हेरकै अवस्थामा छौँ ।

    हामी होसियारीपुर्वक पैताला चालिरहेका छौँ। किनकी कांग्रेसले विगतमा सहकार्य गर्ने राजनैतिक पार्टीसँग धोका खाएको थियो। नेपाली कांग्रेस यो अप्ठ्यारोको बेला धोका खाएर मुलुकलाई नै बुमराङमा पार्ने निष्कर्षमा पु-याउन चाहदैन। त्यसका कारण कांग्रेस हतार नगरीकन राजनैतिक डेभलोपमेन्टलाई हेरिरहेको छ,’ आङदेम्बेले भने, ‘सरकारको कुरा गर्दाखेरी केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्न गइरहेका छैनौं । आफ्नै घरभित्रको व्यवस्थापन मिलाउन नसक्दा मुलुकलाई भड्खालोमा हाल्ने प्रचण्डलाई पनि समर्थन गर्न गइरहेका छैनौं।’

    नेता आङ्देम्बेले मुलुकलाई संवैधानिक संकटबाट मुक्त दिलाएर संविधानको रक्षार्थ र सर्वसत्तावादी, अधिनायकवादी र एकदलीय कम्यूनिष्ट सोचबाट अभिप्रेरित प्रवृत्ति विरुद्धमा एक भएर अगाडि बढ्न कांग्रेस ढृड संकल्पित रहेको बताए। यसका लागि कांग्रेस ‘बार्गेनिङ’ नगरी लोकतन्त्रलाई बचाउन चाहने पार्टीलाई समेटेर नेतृत्व गरेर अगाढि बढ्न तयार रहेको आङदेम्बेको भनाई थियो।

    उनले सर्वहाराको नाममा भ्रम छर्ने कम्यूनिष्टलाई जनताले बेलामा चिन्न नसकेको बताए। आङ्देम्बेले कांग्रेसको आसन्न १४ औं महाधिबेसनमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको विषय उठिरहेकाले १५ औं महाधिबेसनमा युवाले नेतृत्वमा ‘क्लिनस्वीप’ गर्ने दावी गरेका छन् ।

    उनले एउटा नेताको फेरो समाएर अर्को नेतालाई गालीगलौज गर्नुको सट्टा शालिनतापुर्वक युवाको उपस्थिति सुनिश्चिततामा ध्यान दिन कार्यकर्तालाई आग्रह गरेका छन्।

    images
    images

    प्रकाशित :चैत्र ३, २०७७ मंगलवार - ०८:२३:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij