• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सभापति देउवासँग कोइराला पक्षधरले गरे यस्तो माग !

सभापति देउवासँग कोइराला पक्षधरले गरे यस्तो माग !

images

प्रभाव न्यूज

१३ पौष २०७९
  • 9.9K
    SHARES
  • images
    सभापति देउवासँग कोइराला पक्षधरले गरे यस्तो माग !
    images
    images
    images

    विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउन माग गरेका छन्।

    images

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनु पर्ने बताएका हुन्।

    कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसकेको र कांग्रेसको पनि कमजोरी रहेको उनले बताए। कोइरालाले कांग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताए।

    ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौं,’ कोइरालाले भने। आफूहरूको मान्यता निर्वाचन पछि गठबन्धन गर्ने भन्ने रहेपछि निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको पनि उनले बताए। गठबन्धन विभाजन भएको विषयमा नेपाली काँग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए।

    images

    ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो। कसरी वार्ता गर्नुभयो। यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं,’ कोइरालाले भने।

    images

    अन्तिम समयमा महामन्त्रीहरुलाई बोलाएर निणय गरेको भए राम्रो हुने भन्दै कोइरालाले भने, ‘निर्णय गर्दा महामन्त्रीहरुलाई बोलाएको भए हुन्थ्यो।

    सबैलाई बोलाएर गर्दा पनि हुनेथियो तर, त्यो सम्भव थिएन। कम्तीमा पदाधिकारीलाई बोलाएर। त्यो पनि सम्भव छैन भने महामन्त्रीलाई बोलाएको भए हुनेथियो।’

    images
    images

    प्रकाशित :पौष १३, २०७९ बुधवार - २०:०८:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij