• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहको क्लब जस्तो : गगन थापा

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहको क्लब जस्तो : गगन थापा

images

प्रभाव न्यूज

११ पौष २०७९
  • 9.7K
    SHARES
  • images
    नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहको क्लब जस्तो  : गगन थापा
    images
    images
    images

    पोखरा - अप्रत्यासित रुपमा प्रतिपक्ष बन्न पुगेको २४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेसका दुई महामन्त्रीले राजनीतिक संवाद गरेका छन्।

    images

    नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे।

    पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई प्रश्न सोधे– गगनजी तपाईं हारेर पोखरामा आउनु भएको हो कि जितेर? “केही समय अगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा भर्याग चढेर अलि माथि पुगेको विश्व प्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप भर्याग चढौंला भन्ठानेको एकैचोटी तल झरेजस्तो भयो,” गगन थापाले भने, “नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ।” उनले हिजो दिनभर पार्टी सभापति शेरबहादुर देउवाको फोन आफूलाई कति बेला आउला भनेर कुर्दा पनि फोन नआएको गुनासो गरे।

    “पार्टी कार्यालयमा भएको छलफल होइन। तर, म पार्टीको महामन्त्री, निर्वाचित सांसद म यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको छु।” अर्का कांग्रेस महामन्त्री शर्माले पछिल्लो घटनाक्रममा भएको कांग्रेसको हारबारे हालै सम्पन्न विश्वकप फुटबलको उदाहरण दिँदै भने, “जितेर पनि हारेर आएको हो।

    images

    वल्र्डकपमा सबैभन्दा धेरै गोल एम्बापेले हाने। गएको निर्वाचनमा सबैभन्दा बढी जित कांग्रेसले जित्यो। एम्बापेले बुट जित्यो, कप अर्कैले जित्यो।” कांग्रेसभत्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने थापाले टिप्पणी गरे। “एउटा पूर्वप्रधानमन्त्री अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ। कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा समान्य लाग्छ। यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो।

    images

    एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ,” उनले भने। छलफलमा नेता थापाले आफूले नेपाली कांग्रेसको केन्द्रीय बैठकमा पटकपटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको स्मरण गरे। “नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो।

    निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो। पाँच वर्षका लागि निर्वाचन अघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नु पर्छ।

    जुन कुरा हामीले भन्दै आएको छौँ,” थापाले भने। उनले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिनेमा जोडदिए। कार्यक्रममा दुवै महामन्त्रीले निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले हाम्रो निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने कुराहरु विद्यमान रहेको टिप्पणी गरे।

    images
    images

    प्रकाशित :पौष ११, २०७९ सोमवार - १४:३८:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij