• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ओलीले फेरी पेल्दिए नेपाल पक्षलाई, खोसिदिए यी नेताको जिम्मेवारी

ओलीले फेरी पेल्दिए नेपाल पक्षलाई, खोसिदिए यी नेताको जिम्मेवारी

images

प्रभाव न्यूज

२८ फाल्गुण २०७७
  • 19.1K
    SHARES
  • images
    ओलीले फेरी पेल्दिए नेपाल पक्षलाई, खोसिदिए यी नेताको जिम्मेवारी
    images
    images
    images

    काठमाडौं - सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले) मा पहिलो औपचारिक बैठक नै नबसी अन्तरसंघर्ष चर्किएको छ।

    images

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको हो।

    सोही बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ’बादल’ सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

    आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।

    images

    त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।

    images

    बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ। बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।

    images
    images

    प्रकाशित :फाल्गुण २८, २०७७ शुक्रवार - १६:४७:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij