• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेस सांसदहरुलाई गगन थापाले गरे यस्तो अपील

कांग्रेस सांसदहरुलाई गगन थापाले गरे यस्तो अपील

images

प्रभाव न्यूज

६ पौष २०७९
  • 7.9K
    SHARES
  • images
    कांग्रेस सांसदहरुलाई गगन थापाले गरे यस्तो अपील
    images
    images
    images

    काठमाडौं - महामन्त्री एवं कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले आज हुन गइरहेको पार्टीको संसदीय दलको निर्वाचनले देश, जनता र कांग्रेसको भविष्य दिशानिर्देश गर्ने भन्दै सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपील गरेका छन्।

    images

    अहिले बिहान ८ देखि १० बजेसम्म संसदीय दलको नेताको मतदान भइरहँदा उम्मेदवार थापाले मतदाता सांसदहरुलाई आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमानदारीपूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि विवेकसम्मत निर्णय गर्न अपील गरेका हुन्।

    यस्तो छ उनको अपील

    आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्नेछ।

    images

    भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपील गर्दछु।

    images

    वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा हो भन्ने कुरामा बिश्वस्त छु।

    सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्दछु। तीन–तीन वटा जनआन्दोलनको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली कांग्रेस जस्तो क्रान्तिकारी, ऐतिहासिक र लोकतान्त्रिक पार्टीको संसदीय दलको नेताका रुपमा मलाई प्रस्ताव गर्नु भएकोमा आदरणीय अग्रज नेताहरू र सांसद साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

    तपाईंहरूको यो विश्वासले मलाई देश र जनताको पक्षमा काम गर्न थप उर्जा र प्रेरणा मिलेको छ। मैले तपाईंहरूको यो विश्वास कहिल्यै डगमगाउन नदिने प्रण गर्दछु। नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरुको उच्च सम्मान गर्दै याहाहरुवाट मार्गनिर्देनको अपेक्षा गर्दछु।

    पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु।

    धन्यवाद

    जय नेपाल

    गगन थापा उम्मेदवार, संसदीय दलको नेता

    नेपाली कांग्रेस

    images
    images

    प्रकाशित :पौष ६, २०७९ बुधवार - ०८:३४:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij