• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रदेश सरकार राख्ने वा नराख्ने विषयमा गगन थापाले गरे यस्तो खुलासा

प्रदेश सरकार राख्ने वा नराख्ने विषयमा गगन थापाले गरे यस्तो खुलासा

images

प्रभाव न्यूज

२० मंसिर २०७९
  • 16.3K
    SHARES
  • images
    प्रदेश सरकार राख्ने वा नराख्ने विषयमा गगन थापाले गरे यस्तो खुलासा
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको ५ वर्षपछि प्रदेश सरकार रहने वा नरहने भन्ने प्रस्ट हुने बताएका छन्।

    images

    विराटनगरमा आज गुरुराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा थापाले यस्तो बताएका हुन्।

    ‘प्रदेशले ५ वर्षभित्रमा आफ्नो औचित्य पुष्टि गर्न सकेन भने प्रदेश हामीले बचाएर बच्दैन जनस्तरबाटै आवाज उठिहाल्छ’, उनले भने।

    उनले प्रदेशलाई बलियो बनाउन कांग्रेस नेता गुरु घिमिरे जस्ता नेताको खाँचो रहेको पनि बताए। तर, घिमिरेले चुनाव हार्दा प्रदेशले राम्रो मान्छे मिस गरेको थापाको भनाइ थियो। उनले ५ वर्षको सरकार चलाउने भन्दा पनि के गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए।

    images

    सरकार बनाउँदा स्पष्टता, प्रतिबद्धता र चरित्रवान नेतृत्व हुने बताउँदै उनले शक्ति, सीमा र स्रोतको सीमितताको बीचमा काम गर्नुपर्ने बताए। वर्तमान अर्थतन्त्र समस्याग्रस्त भइसकेको र यसलाई समाधान नगर्ने हो भने सङ्कटमा जाने पनि उनले बताए।

    images

    काँग्रेसले ५ वर्षको सरकार राम्रो चलाए अहिलेको जस्तै २७ प्रतिशतको नभई ४० प्रतिशतको आकारमा पार्टी पुग्ने उनले बताए।

    images
    images

    प्रकाशित :मंसिर २०, २०७९ मंगलवार - १९:४४:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij