• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रवि लामिछानेविरुद्ध फेरी अर्को उजुरी कसले हाल्यो ?

रवि लामिछानेविरुद्ध फेरी अर्को उजुरी कसले हाल्यो ?

images

प्रभाव न्यूज

१९ मंसिर २०७९
  • 14.3K
    SHARES
  • images
    रवि लामिछानेविरुद्ध फेरी अर्को उजुरी कसले हाल्यो ?
    images
    images
    images

    काठमाडौं -  प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ।

    images

    नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो। सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले आज आयोगमा उजुर दर्ता गराएका हुन्।

    लामिछानेसँग नेपाली नागरिकता नै नभएको भन्दै उनले पार्टीको सभापति र सो दलको साधारण सदस्यता तत्काल खारेज गर्न भनेका छन्।

    दल दर्ता गर्न पाउने अधिकार नेपाली नागरिकसँग मात्र भएको स्मरण गराउँदै उनले आयोगबाट भएको त्रुटीले स्तब्ध बनाएको बताएका छन्।

    images

    ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन पाउने अधिकार नेपाली नागरिकसँग मात्रै हुने कानुनी व्यवस्थाविपरीत नेपाली नागरिक नै नभएको रवि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगबाट हुन गएको त्रुटीबाट म स्तब्ध छु,’ पत्रमा भनिएको छ।

    images

    मतदान गर्ने, उम्मेदवार बन्ने र राजनीतिक दल खोल्ने अधिकार नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन तथा प्रदेश सभा सदस्य निर्वाचन ऐनअन्तर्गत नेपाली नागरिकलाई मात्रै प्रदान गरिएको उनको भनाइ छ।

    images
    images

    प्रकाशित :मंसिर १९, २०७९ सोमवार - १९:३५:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij