काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू माथि सबै खालका प्रहार भइरहेकाले कुनै पनि बेला भौतिक रुपमा समेत प्रहार हुन सक्ने बताएका छन्।
देश निर्माण गर्ने आन्दोलनबाट कोही पनि पछि हट्न नहुने समेत स्पष्ट उनले स्पस्ट पारेका छन्। पोखरामा नेकपाको गण्डकी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै ओलीले पार्टीको नेतृत्वमा आफू रहेको र पार्टी र सरकार ठिक ढंगले अघिबढेकोले आफू माथि व्यापक हमला भएको बताए।
‘सम्पूण रुपमा म माथि अति तिब्र गतिले हमला भइरहेको छ, म माथि कुनै शारीरिक हमला भयो वा मेरा ज्यान नै तलमाथि भै हाल्यो भने पनि तपाईँहरुले अनौठो नमान्नुहोला’, ओलीले भने । विरोधीको यो षडयन्त्रलाई पुरा हुन भने नदिने ओलीले घोषणा समेत गरे।
‘हामी त्यस्तो हुने दिँदैनौँ सतर्कता अपनाउँछौँ, म रहिन भने पनि केही छैन, पार्टी छ, आन्दोलन रहन्छ, यो आन्दोलनले प्रतिक्रियावादीको सामू घुँडा टेक्नु हुँदैन, देशलाई अन्धकारमा जान दिनुहुँदैन, यस पार्टीलाई तलमाथि हुनदिनु हुँदैन’, प्रधानमन्त्रीले भने।