• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ओलीले दिए प्रचण्ड- नेपाललाई सातो जाने धम्की

ओलीले दिए प्रचण्ड- नेपाललाई सातो जाने धम्की

images

प्रभाव न्यूज

१६ फाल्गुण २०७७
  • 16.6K
    SHARES
  • images
    ओलीले दिए प्रचण्ड- नेपाललाई सातो जाने धम्की
    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चरम उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका छन्।

    images

    झापामा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रम ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका हुन्।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थपनाको स्वागत गर्दै आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाए। उनले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताए।

    साथै नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताए । चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने उन दृढता व्यक्त गरे ।

    images

    नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रम ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताए।

    images

    उनले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताए। हाल मासिक रु तीन हजार रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने उनले घोषणा गरे।

    औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र जनतालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए।

    images
    images

    प्रकाशित :फाल्गुण १६, २०७७ आइतवार - १८:३५:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij