• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


फोहोरमा राजनीति हुन थालेपछि गगनले दिए यस्तो अभिव्यक्ति, चौतर्फी सुरु भयो चर्चा

फोहोरमा राजनीति हुन थालेपछि गगनले दिए यस्तो अभिव्यक्ति, चौतर्फी सुरु भयो चर्चा

images

प्रभाव न्यूज

३१ श्रावण २०७९
  • 18.5K
    SHARES
  • images
    फोहोरमा राजनीति हुन थालेपछि गगनले दिए यस्तो अभिव्यक्ति, चौतर्फी सुरु भयो चर्चा
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंका सडकमा थुप्रिएका फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, सहरी विकास मन्त्री मेटमणि चौधरीसहितले पहलकदमी लिनुपर्ने बताएका छन्।

    images

    बञ्चरेडाँडाँका स्थानीय बासिन्दासँग गरिएका सहमति कार्यान्वयन नहुँदा आक्रोश देखिएको भन्दै उनले फोहोर व्यवस्थापनका काममा काठमाडौं महानगरपालिकालाई संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए।

    ललितपुरमा हिजो पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले काठमाडौंका जनप्रतिनिधिले प्रधानमन्त्री देउवासँग भेटेर फोहोर व्यवस्थापनबारे पहलकदमी लिन आग्रह गर्न लागेको थापाले बताए।

    ‘हामी काठमाडौंका जनप्रतिनिधिले प्रधानमन्त्री र सहरी विकास मन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनका लागि पहलकदमी लिन आग्रह गर्न लागेका छौं,’ उनले भने, ‘प्रधानमन्त्रीसँग समय माग गरिएको छ, आजै हामी छलफल गर्छौं।’

    images

    उनले बन्चरेडाँडामा महानगरपालिका र स्थानीयबीच भएका सहमति पूरा भए वा भएनन् भन्ने अनुगमन गर्ने संयन्त्र पनि बनाउनुपर्ने बताए। ‘काठमाडौं र धादिङका सांसदहरू राखेर अनुगमन र सहजीकरणका काम गरौं,’ थापाले भने, ‘आवश्यक पर्दा सांसदहरूले प्रधानमन्त्री र सहरी विकास मन्त्रीको पनि ध्यानाकर्षण गराउनुहुन्छ।’

    images

    फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरलाई संघ सरकारको सहयोग आवश्यक परेको पनि उनले बताए।

    ‘तुरून्त पूरा गर्ने भनेर स्थानीयसँग गरिएका सहमति कार्यान्वयन नहुँदा आक्रोश देखिन्छ,’ उनले भने, ‘वर्षौंदेखि सम्झौता हुने तर कार्यान्वयन नहुने अवस्था पनि छ।’ उनले समस्या समाधानका लागि पहल गरिने बताए।

    फोहोर फाल्न नदिन राजनीतिक पार्टीहरूले नै अवरोध गरेको गुनासा आएका छन् नि! भन्ने प्रश्नमा थापाले भने, ‘तत्कालको फाइदाका लागि राजनीति गर्ने कांग्रेस, एमाले, माओवादी को–को छन् सार्वजनिक गर्नुपर्छ। जनताको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन।’

    images
    images

    प्रकाशित :श्रावण ३१, २०७९ मंगलवार - ०८:१२:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij