• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एमसीसीसँग जोडेर ओलीले भने - प्रचण्ड जत्तिको गैरजिम्मेवार नेता देशमा कोही छैन

एमसीसीसँग जोडेर ओलीले भने - प्रचण्ड जत्तिको गैरजिम्मेवार नेता देशमा कोही छैन

images

प्रभाव न्यूज

२० आषाढ २०७९
  • 13.9K
    SHARES
  • images
    एमसीसीसँग जोडेर ओलीले भने - प्रचण्ड जत्तिको गैरजिम्मेवार नेता देशमा कोही छैन
    images
    images
    images

    काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीसँग जोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गैरजिम्मेवार नेताका रूपमा प्रस्तुत गरेका छन्।

    images

    संसद्मा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा सोमबार सम्बोधन गरेका ओलीले कूटनीतिक सम्बन्धलाई नेताहरूले हचुवा खेल झैँ बनाएको टिप्पणी गरे।

    ‘प्रधानमन्त्रीसँगै एमसीसीलाई पत्र लेख्ने अनि पत्र पठाएकै छैन भन्ने? अनि प्रधानमन्त्रीले पत्र सार्वजनिक गरेपछि इमान्दारिता भएन भन्ने?, ओलीले भने, ‘फेरि एमसीसी पारित हुन नदिने भन्दै सडकमा उतार्ने? नागरिकका टाउको फुटाउने? अनि अर्कोदिन एमसीसीमा भोट हाल्ने?”

    उनले एमसीसी पारित गरेपनि प्रचण्डले दिएको अभिव्यक्तिलाई थप गैरजिम्मेवार भनेर टिप्पणी गरे। “आन्दोलन गरेर नागरिकको टाउको फुटाउने अनि संसद्भित्र गएर एमसीसीमा भोट हाल्नुभयो,” ओलीले भने, “किन भोट हाल्नुभयो भन्दा अमुक व्यक्तिको पद जाने भयो त्यसैले भोट हालेको रे ?”

    images

    उनले त्यहाँ भन्दा गैरजिम्मेवार कुरा केही नहुने बताए। “राष्ट्रघाती भन्दै आन्दोलन गर्ने अनि त्यसैमा भोट हाल्ने ?,” ओलीले भने, “यो भन्दा गैरजिम्मेवार पनि केही हुन्छ ?”

    images

    images
    images

    प्रकाशित :आषाढ २०, २०७९ सोमवार - १६:२१:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij