• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रचण्ड-नेपाल समूहमा रोकिएन पहिरो, शेरबहादुर र उषाकला फर्किए ओली पक्षमा

प्रचण्ड-नेपाल समूहमा रोकिएन पहिरो, शेरबहादुर र उषाकला फर्किए ओली पक्षमा

images

प्रभाव न्यूज

८ फाल्गुण २०७७
  • 17.2K
    SHARES
  • images
    प्रचण्ड-नेपाल समूहमा रोकिएन पहिरो, शेरबहादुर र उषाकला फर्किए ओली पक्षमा
    images
    images
    images

    खोटाङ - पूर्वमन्त्री शेरबहादुर तामाङ पुनः नेकपा ओली समूहमा लागेका छन्।

    images

    उनी पत्नी उषाकला राईसहित प्रचण्ड- नेपाल समूह छाडेर ओली पक्षमा लागेका हुन्।

    उषाकला राईले पूर्वएमालेहरू मूल पार्टीमा फर्कने क्रम सुरु भएको जानकारी दिइन्। “अब धेरै साथीहरू फर्कनुहुन्छ। हामीले पनि प्रचण्ड–माधव नेपालको समूहमा बसिरहन उचित देखेनौँ,” उनले भनिन्। उनी प्रदेश -१ की सांसद पनि हुन्।

    उनका अनुसार शुक्रबार झण्डै तीन घण्टा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायत नेताहरूसँग शेरबहादुर दम्पतीको छलफल भएको थियो। संवादमा अरू पनि नेताहरू पनि उपस्थित थिए ।

    images

    त्यसपछि दम्पती नै पुनः ओली समूहमा फर्कन राजी भएको उषाकलाले बताइन्। अरू को-को फर्कन्छन् भनेर टुङ्गो नभए पनि धेरै आउने तयारी गरिरहेको उनको भनाइ छ।

    images

    शेरबहादुर गत पुस ७ गते ओली पक्षले राखेको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका थिए। दुई दिनपछि पुनः प्रचण्ड-माधवकुमार नेपाल समूहमै फर्किएका थिए ।

    images
    images

    प्रकाशित :फाल्गुण ८, २०७७ शनिवार - १५:४३:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij