• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रदेश सांसदले योजना मिलाइ दिने भन्दै निर्माण व्यवसायीबाट ९ लाख कमिसन लिएको खुलासा

प्रदेश सांसदले योजना मिलाइ दिने भन्दै निर्माण व्यवसायीबाट ९ लाख कमिसन लिएको खुलासा

images

प्रभाव न्यूज

८ फाल्गुण २०७७
  • 19.1K
    SHARES
  • images
    प्रदेश सांसदले योजना मिलाइ दिने भन्दै निर्माण व्यवसायीबाट ९ लाख कमिसन लिएको खुलासा
    images
    images
    images

    जिल्लाको शुभकालिका गाउँपालिकामा निमार्णाधिन व्यहुली पान्तडि सडक निमार्णमा २ करोडको योजना मिलाइदिने भन्दै कालीकोट जिल्ला प्रदेशसभा क्षेत्र नं ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य कर्णाली प्रदेशका सचेतक कुर्मराज शाहीले ९ लाख रुपैया घुस लिएको आरोप लागेको छ।

    images

    शुभकालीका गाउँपालिका–६ निवासी निमार्ण व्यवसायी सुरेन्द्रबहादुर खत्रीसँग २०७५ सालमा ९ लाख रुपैया घुस लिएर ठेक्का नमिलाएको व्यवसायी खत्रीले गुनासो गर्नुभयो ।

    ‘व्यहुली पान्तडि सडक निमार्णका लागि २ करोडको योजना मिलाइदिन्छु भन्दै प्रदेशसभा सदस्य कुर्मराज शाहीले ९ लाख रुपैया माग्नुभयो।’ उहाँले भन्नुभयो, ‘न योजना मिलाउनुभयो न पैसा नै फिर्ता गर्नुभयो, अहिले पैसा माग्दा ज्यान मार्ने धम्की दिनुहुुन्छ।’

    आफुले सुर्खेतको मंगलगढी चौकमा प्रदेशसभा सदस्यलाई समातेपछि आफ्ना स्वकीय सचिव आयुस सेजुवालले ९ लाखको खाली चेक दिएको खत्रीले बताउनुभयो। आफुले चेकको रकम झिक्न जादा खातामा पैसा नभएको उहाँले गुनासो गर्नुभयो। मलाई विश्वास थिएन माननियले यसरी झुटको खेति गरेर पैसा असुल गर्नुहुन्छ भनेर।

    images

    आफु सुर्खेत हुँदै मलाई सुर्खेतबाट कालीकोट पठाएर सर्वे गर्न लगाएको र काम पनि नदिएको र काम पाउने आसमा दिएको ९ लाख पनि फिर्ता नभएको खत्रीले बताउनुभयो। यता प्रदेशसभा सदस्य माननिय कुर्मराज शाहीले आफुलाई यो विषयमा कुनै जानकारी नभएको बताउनुभयो।

    images

    उहाँले भन्नुभयो, ‘मलाई यो कुरा नसोध्नुस् यो अनावश्यक कुरा हो, वाइयात कुरा हो तपाईले मलाई नसोध्नुस्।’ यता ९ लाखको चेक दिने प्रदेशसभा सदस्य आयुस सेजुवालले योजना मिलाउने भनेर रकम नमागेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सुरेन्द्र खत्री मेरो मामा हुनुहुन्छ, मैले उहाँबाट सापटी मागेर व्यहुली पान्तडि सडकको सर्वेको रकम भुक्तानी गरेको हुँ, केही रकम फिर्ता भइसकेको छ ।

    केही बाँकी छ त्यो पनि अबछिट्टै फिर्ता हुन्छ।’ प्रदेशसभा सदस्यको चरित्र हत्या गर्ने उद्देश्यले केही व्यक्तिले फैलाएको हल्ला हो सेजुवालले थप्नुभयो, ‘जुम्लाबाट सडक सर्वेको पैसा ढिला आउने भएपछि कन्सल्टेन्सीलाई बुझाउनका लागि आफुले ५ लाख रुपैया सापटी मागेको हुँ ।’ यसमा माननिय ज्यूको नाम जोड्न आवश्यक छैन । तर यता पैसा दिने सुरेन्द्र खत्रीले आफुले योजना मिलाउने भन्दै मागेको दाबी गर्नुभएको छ ।

    images
    images

    प्रकाशित :फाल्गुण ८, २०७७ शनिवार - ०८:२८:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij