• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


मुख्यमन्त्री शेरधन राईले प्रचण्ड-माधव समुहलाई यसरी पेल्दिए

मुख्यमन्त्री शेरधन राईले प्रचण्ड-माधव समुहलाई यसरी पेल्दिए

images

प्रभाव न्यूज

६ फाल्गुण २०७७
  • 21.1K
    SHARES
  • images
    मुख्यमन्त्री शेरधन राईले प्रचण्ड-माधव समुहलाई यसरी पेल्दिए
    images
    images
    images

    विराटनगर-प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने चेतावनी दिएका छन्।

    images

    प्रचण्ड र माधव समुहमा लागेको सांसदहरुले जवर्जस्ती गरे प्रदेशसभा नै भंग हुने अवस्था आउने चेतावनी उनले दिएका हुन्।

    प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अबैधानिक रुपमा आफूलाई कू गर्ने योजना बिफल बनाउन प्रतिनिधिसभा भंग गरेपछि अलग्गै समुह बनाएर हिडेका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल पक्षधर प्रदेशसभा सदस्यले दर्ता गरेको अबिश्वास प्रस्ताव फिर्ता वा खारेजी नभए प्रदेससभा नै भंग हुने अवस्था आउने मुख्यमन्त्री राइको भनाई छ।

    प्रचण्ड-माधव समुह नसच्चिए प्रदेशसभा नै भंग हुनसक्ने उनको भनाई छ । ‘म त्यो पक्षमा छैन, तर उहाँहरु (प्रचण्ड-माधव समूह)को रबैयाका कारण प्रदेससभा नै भंग हुने अवस्थामा नपुग्ला भन्न सकिन्न,’ मुख्यमन्त्री राईले भने।

    images

    उनले आफू विघटनको पक्षमा नरहेको तर त्यस्तो बाध्यता आइलाग्न लागेको बताए। ‘मैले अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने थाहा पाएकै बिहान अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो, यदि त्यस्तो हुन्थ्यो भने त्यसअघि (प्रस्ताव दर्ता अघि) नै विघटनको सिफारिस गर्न सक्ने अवस्था थियो।

    images

    तर म बिवघटनको पक्षमा छैन,’ मुख्यमन्त्री राईले भने। ‘हामीले बैधानिक प्रश्न उठाएका हौं । यसको निरुपण कहीँ न कहीँ हुनपर्यो, या त गल्ती रियलाइज गर्नुपर्यो या सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्नुपर्यो,’ मुख्यमन्त्री राईले भने।

    images
    images

    प्रकाशित :फाल्गुण ६, २०७७ बिहिवार - १९:३३:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij