• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


गगन थापाले भने -कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर फाल्दैंन

गगन थापाले भने -कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर फाल्दैंन

images

प्रभाव न्यूज

१६ जेठ २०७९
  • 14.3K
    SHARES
  • images
    गगन थापाले भने -कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर फाल्दैंन
    images
    images
    images

    काठमाडौं, जेठ १६- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी काँग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन्।

    images

    सोमबार काँग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै थापाले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका हुन्।

    उनले गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको बताए। ‘मतदाताहरू आक्रोशित भएका छन्, त्यसकै उपज विभिन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका छन्,’ उनले भने, ‘घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्नु पर्छ।’

    अहिले चुनिएका जनप्रतिनिधिहरूले जनताको सहज सेवालाई ध्यान दिनुपर्नेमा उनले जोड दिए।

    images

    ‘जनताको विश्वास र भरोसा नतोड्नुस्,’ उनले भने, ‘जनतालाई परिवर्तनको महसुस गराउन सकेनौँ भने राजनीतिक दल समस्यामा पर्नेछ।’

    images

    जनताको जीवनमा बदलाव ल्याउन सक्नुपर्नेमा उनको जोड रहेको छ।

    images
    images

    प्रकाशित :जेठ १६, २०७९ सोमवार - २१:११:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij