नेकपाबाट अलग भई छुट्टै समुहको अध्यक्ष बन्नुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको पक्षमा जनमत स्पष्ट देखिएको स्वीकार गर्नुभएको छ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई कू गर्न नसकेपछि सडकमा पुगेर मांसहारी आन्दोलनको धम्की दिइरहनुभएका प्रचण्डले पछिल्लो समय प्रधानमन्त्री ओलीकै पक्षमा ब्यापक जनलहर देखिएको तथ्यलाई स्वीकार गर्नुभएको हो। आफ्नो गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेकपाले आफ्नो पक्षमा मान्छे उतारेको स्वीकार गर्नुभयो।
प्रचण्डले ओलीको पक्षमा जनता देखिएको स्वीकार गरेपनि सत्ताको प्रभावका परेको भन्दै जनताकै अपमान गर्नुभयो। ‘उहाँ (प्रधानमन्त्री ओली) ले पञ्चर्यालीहरु जम्मा गर्ने, जमिन बाँड्छौँ भनेर मान्छे उतार्ने, पहिलाका राजामहाराजाले जे गर्थे त्यही गर्नु भएको छ, त्यसको केही अर्थ र महत्व छैन’, प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको पक्षमा उत्रिएको जनमतको अपमान गर्दै प्रचण्डले भन्नुभयो। ओली नेतृत्वको नेकपाले यही माघ १ गते बुटवलमा विशाल जनसागर उतारेको थियो ।
प्रचण्ड समुहले देशभरबाट जम्मा गरेको भन्दा लुम्बिनी प्रदेश स्तरीय जनसभामै तेब्बर मानिस उपस्थित भएपछि प्रचण्डले ओलीको पक्षमा जनमत देखिएको स्वीकार गरेपनि सत्ताको प्रभाव पारेको भन्दै आरोप लगाउनु भएको हो। प्रचण्डले आफूहरु संविधान र लोकतन्त्रमाथिको प्रहारविरुद्ध आन्दोलनमा रहेको भन्दै जनतालाई भ्रममा पार्न पनि चुक्नुभएन ।
एकपटक जितेपछि बाँचुञ्जेल पदमा रहिरहने मान्यता बोनुभएका प्रचण्डले मध्यावधि निर्वाचनलाई प्रतिगमन भन्दै सिधासिधा जनतालाई ढाँटिरहनु भएको छ । अध्यक्ष ओलीलाई महाधिवेशनअगावै बिधानबिपरित कू गर्ने र प्रधानमन्त्रीबाट समेत हटाएर सत्ताकब्जा गर्ने प्रचण्डको योजनालाई प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेर असफल पार्नुभएको थियो।
संसद बिघटनलगत्तै प्रचण्डले ओलीसँग नवौं महाधिवेशनमा पराजित हुनुभएका बरिष्ठ नेता माधवकुमार नेपाललाई साथ लिएर छुट्टै पार्टी बनाउनु भएको छ।