• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


जहाँ जहाँ ओलीको भाषण, त्यहीँ त्यहीँ हार

जहाँ जहाँ ओलीको भाषण, त्यहीँ त्यहीँ हार

images

प्रभाव न्यूज

९ जेठ २०७९
  • 8.8K
    SHARES
  • images
    जहाँ जहाँ ओलीको भाषण, त्यहीँ त्यहीँ हार
    images
    images
    images

    काठमाडौं, जेठ ९ - स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ।

    images

    एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई पेल्न भाषण गर्दा सबै मिलेर ती ठाउँमा एमालेलाई पराजित गरेका हुन्। स्थानीय तहको निर्वाचन एकै दिन चारदेखि पाँचवटा स्थानमा पुगेर एमाले अध्यक्षले भाषण गरेका थिए।

    उनले भाषण गरेको केही जिल्लाका स्थानीय तहमा एमालेको प्रमुख जित्न सकेन। चैत १७ गते एमाले अध्यक्ष जुम्ला र कालिकोट पुगेका थिए। एमाले अध्यक्ष जुम्ला र कालिकोट पुग्दा ठूलै भीड जम्मा भएको थियो। सायद अरू पार्टीले त्यतिधेरै भीड जम्मा भएको थिएन।

    तर ती दुवै जिल्लामा एमालेले एउटा पनि स्थानीय तहमा जीत हासिल गर्न सकेन।

    images

    त्यहाँ कांग्रेस, माओवादी र नेकपा एसले पूरै गठबन्धन गरेर एमालेलाई दोस्रो स्थानमा राखे। त्यति मात्र होइन एमालेको प्रभाव रहेको बुटवलमा वैशाख २५ गते गएर भाषण गरेका थिए। त्यहाँ गठबन्धन दलका तर्फबाट पनि सभा गरिएको थिए।

    images

    तर ओलीले एमालेको पकड रहेकै बुटवलमा पुगेर भाषण गरे पनि २५ वर्षपछि कांग्रेसका खेलराज पाण्डेयले जित हाँसिल गरे। उनले ३० हजार २सय ४९ मत ल्याए भने एमालेका बाबुराम भट्टराई २२ हजार मत ल्याएका थिए।

    त्यहाँ एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको क्षेत्र हो। त्यसैगरी रूपन्देहीको सैनामैना नगरपालिकामा पनि कांग्रेसले जित हासिल गरेको छ। वुटवल र सैनामैना पनि एमालेविरुद्ध सबै पार्टीको गठबन्धन भएको थियो।

    त्यसैगरी वैशाख १८ गते एमाले अध्यक्ष मकवानपुरको हेटौंडा पुगेर भाषण गरेका थिए। त्यहाँ उनले नेकपा एमालेबाहेक अन्य कसैले पनि नजित्ने जनाएका थिए। हेटौंडा उपमहानगरपालिका २०४९ सालदेखि एमालेले जित्दै आएको थियो। त्यहाँ यसपल्ट एमालेबाट विभाजित भएको नेकपा एस पार्टीले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको छ।

    एस पार्टीकी मिना लामा र कांग्रेसका राजेश बानियाँले जीत हाँसिल गरेका छन्। लामा बागमती प्रदेशको उपमहानगरपालिकामा पहिलो मेयर हुन्। लामा यसअघि एमालेको तर्फबाट उपमेयर थिइन्।

    उनी एमाले विभाजन भएपछि एसतिर लागेकी थिइन्। वैशाख २७ गते एमाले अध्यक्ष ओलीले आफ्नै गृहजिल्ला भद्रपुरमा पुगेर सम्बोधन गरेका थिए। त्यहाँ पनि एमालले पराजय भोग्यो।

    वैशाख २७ गते नै एमाले अध्यक्ष झापाको दमकमा पुगेर सम्बोधन गरेका थिए। त्यहाँ सबै पार्टी मिलेर एमालेलाई हराइदिए। त्यहाँ राप्रपाका राम थापाले जीत हासिल गरेका थिए। वैशाख २६ गते एमाले अध्यक्ष ओलीले पोखरा, ललितपुर र कीर्तिपुरमा सम्बोधन गरेका थिए। कीर्तिपुरमा कांग्रेसले जीत हासिल गरिसकेको छ भने ललितपुरमा एमालेभन्दा कांग्रेस धेरै मतले अगाडि रहेको छ।

    त्यस्तै पोखरामा एमाले विरुद्ध गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्य अगाडि रहेका छन्।

    त्यहाँ पनि एमालेको पराजय निश्चित जस्तै देखिएको छ। त्यसैगरी वैशाख २५ गते भरतपुर पुगेर ओलीले आफ्ना नेता कार्यकर्तालाई सम्बोधन गरेका थिए।

    धेरै समय नेकपा माओवादीविरुद्ध अभिव्यक्ति दिएका ओलीले भरतपुरका जनतालाई एमालेलाई मत दिन आग्रह गरेका थिए। त्यहाँ एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसको गठबन्धन बनेको थियो।

    एमालेले पनि राप्रपासँग गठबन्धन गरेर अघि बढे पनि गठबन्धनको तर्फबाट रेणु दाहालको अग्रता कायमै रहेको छ। भरतपुरमा पनि एमालेले पराजय करिब निश्चित जस्तै बनेको छ। त्यस्तै वैशाख २२ गते कैलालीको धनगढीमा पनि ओलीले भाषण गरेका थिए। त्यहाँ स्वतन्त्रबाट गोपाल हमालले जीत हासिल गरेका थिए।

    वैशाख २७ गते काठमाडौंको भृकुटी मण्डपमा ओलीले काठमाडौंवासी एमालेको पक्षमा रहेको दाबी गरेका थिए। एमालेले काठमाडौंको सवै नगरपालिका जित्ने दाबी गरेका थिए।

    तर दुई वटा नगरपालिका बाहेक अन्य ठाउँमा एमाले हारेको अवस्था छ।- नागरिक दैनिकबाट

    images
    images

    प्रकाशित :जेठ ९, २०७९ सोमवार - ०८:००:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij