• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

images

प्रभाव न्यूज

२ जेठ २०७९
  • 16.2K
    SHARES
  • images
    ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
    images
    images
    images

    खोटाङको ऐँसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। पालिका अध्यक्षमा गठबन्धनका उम्मेद्वार माओवादीका श्री बहादुर राईलाई पछि पार्दै एमालेका गिरेन्द्र बहादुर राई विजयी हुनुभएको हो।

    images

    उपाध्यक्षमा भने एमालेकी पुस्पकला भुजेललाई हराउदै गठबन्धनबाट कांग्रेसका राजेश राजभण्डारी विजयी हुनुभएको छ।

    पालिका अध्यक्षमा निर्वाचित गिरेन्द्र बहादुर राईले २ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी श्री बहादुर राईले २ हजार ४ सय ८० मत प्राप्त गर्नुभएको छ।

    यस्तै पालिका अध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेद्वार सन्तविर तामाङले १ हजार ६ मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा निर्वाचित राजभण्डारीले ३ हजार १ सय ४६ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी भुजेलले २ हजार ५ सय ९५ मत पाउनु भएको छ।

    images

    ऐँसेलुखर्क गाउँपालिकाका वडाहरुमा :

    images

    १ नं. वडा अध्यक्ष : पुरूषोत्तम राजभण्डारी (माओवादी)

    २ नं. वडा अध्यक्ष : नन्द बहादुर तामाङ (एमाले)

    ३ नं. वडा अध्यक्ष : टेकेन्द्र राजभण्डारी (एमाले)

    ४ नं. वडा अध्यक्ष : भक्त बहादुर तामाङ (माओवादी)

    ५ नं. वडा अध्यक्ष : टंकराम राई (कांग्रेस)

    ६ नं. वडा अध्यक्ष : सुनिल राई (कांग्रेस)

    ७ नं. वडा अध्यक्ष : अरूण राई (एमाले)

    images
    images

    प्रकाशित :जेठ २, २०७९ सोमवार - ०८:०८:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij