• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जन्तेढुंगा गाउँपालिकामा एमाले बढारियो

जन्तेढुंगा गाउँपालिकामा एमाले बढारियो

images

प्रभाव न्यूज

१ जेठ २०७९
  • 19.4K
    SHARES
  • images
    जन्तेढुंगा गाउँपालिकामा एमाले बढारियो
    images
    images
    images

    खोटाङ- जन्तेढुंगा गाउँपालिकामा २०७४ सालदेखी किल्ला गाढेको नेकपा एमाले यस पटक बढारिएको छ। ०७४ मा अध्यक्ष, उपाध्यक्ष र ४ वटा वडा जितेर बहुमत प्राप्त गरेको एमाले यस पटक एउटा वडामा खुम्चिएको हो।

    images

    त्यो बेला गाउँपालिका अध्यक्षमा निवाचित भएका र पूनः अध्यक्ष पदमै चुनावी मैदानमा होमिएका शंखर बहादुर राई पराजित भएका छन्।

    राईको आफ्नै वडा (एमालेको गढ) रहेको वडा नम्बर ६ दिप्लुङ पनि यस पटक गुमाएका छन्।

    उपाध्यक्ष विमला राईले पनि यस पटक हार व्यहोर्नुपरेको छ। पालिका इन्चार्ज याम कुमार राईकी पत्नी रहेकी राई यस पटक पनि उपाध्यक्ष पदका लागि चुनावी मैदानमा थिइन्।

    images

    त्यो बेला एमालेले जितेको वडा नम्बर २ बोपुङ, वडा नम्बर ३ काहुले वडा नम्बर ५ दिप्लुङ गुमाएको छ। वडा नम्बर ५ मा कांग्रेसका धन बहादु राई विजयी भएका छन्।

    images

    यस वडामा २०७४ मा कांग्रेसका रामकुमार श्रेष्ठले जितेका थिए। बोपुङमा यस पटक माओवादी केन्द्रका मस्तहाँङ राई निर्वाचित भएका छन्।

    काहुलेमा कांग्रेसका तारामान राई र दिप्लुङमा कांग्रेसकै सागर राई विजयी भएका छन्।

    वडा नम्बर -१ को वडाध्यक्षमा माओवादी केन्द्रका केदारमान राई पूनः दोहोरिएका छन्।

    एमालेले यस पटक वडा नम्बर-४ डम्बर्खुशिवालयमा मात्र जित जित निकालेको छ। त्यहाँ वडाध्यक्ष विदुरमान राई पूनः दोहोरिएका हुन्। एकीकृत समाजवादी पार्टीका उम्मेद्वार मिलन राईसँगको झिनो मतान्तरले विदुरमानले जित निकालेका हुन्।

    बोपुङ बाहेक अन्य वडा र गाउँपालिकामा गठबन्धन गरिएको थियो। चार दलीय गठबन्धनका कारण एमालेले यस पटक जितेका वडा सहित गाउँपालिका गुमाएको होे।

    २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा पराजित भएकी अरुणादेवी राई यस पटक गठबन्धनको तर्फबाट अध्यक्षमा निर्वाचित भएकी छिन्।

    नेपाली कांग्रेसबाट अध्यक्षमा पराजित भएका खेम बहादुर खड्का गठबन्धनको तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका छन्।

    निर्वाचित जनप्रतिनिधिहरुले गाउँपालिकामा आधारभुत विकास र सुशासनका क्षेत्रमा काम गरेर जनताका मनमा बसे एमालेलाई अब फेरी गुमाएको शाख फर्काउन हम्मे पर्नेछ।

    निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखर बहादुर राईले २५७५ मत पाउँदा अरुणादेबी राईले २८८१ मत ल्याएर जित निकालेकी हुन्।

    एमालेबाट उपाध्यक्षका उम्मेदवार बिमला राईले २४९५ मत पाउँदा खेम बहादुर खड्काले २८०५ मत पाएर विजय प्राप्त गरेका छन्।

    शंखर बहादुर र बिमलालाई एमालेले पुःन दोश्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो।

    images
    images

    प्रकाशित :जेठ १, २०७९ आइतवार - २१:०५:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij