• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनका अरुणादेबी र खेम खडका बिजयी

खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनका अरुणादेबी र खेम खडका बिजयी

images

प्रभाव न्यूज

१ जेठ २०७९
  • 12.1K
    SHARES
  • images
    खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनका अरुणादेबी र खेम खडका बिजयी
    images
    images
    images

    खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन्। गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का बिजयी भएका हुन्।

    images

    अरुणादेबीले २८८१ मत र खड्काले २८०५ मत पाएका छन्। उनीहरुका निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५७५ मत र उपाध्यक्षका उम्मेदवार बिमला राईले २४९५ मत पाएका छन्।

    राप्रपाका भक्तबहादुर खड्काले १३ मत पाएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिजयी भएका शंखबहादुर र बिमलालाई एमालेले पुःन दोश्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो। जन्तेढुंगा गाउँपालिकाका ६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार बिजयी भएको छ।

    जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा माओवादी केन्द्रका केदारमान राई, जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा माओवादी केन्द्रका मस्तबहादुर राई, जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा कांग्रेसका तारामान राई, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेका बिदुरमान राई, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा कांग्रेसका धनबहादुर राई र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा कांग्रेसका सागर राई वडाध्यक्षमा बिजयी भएका छन्।

    images

    images
    images

    प्रकाशित :जेठ १, २०७९ आइतवार - १६:४५:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij