खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माको वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट धुव्रविक्रम राई निर्वाचित भएका छन्।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत आईतबार मध्यान्ह सम्पन्न वडाको अन्तिम मतगणना अनुसार राईले ६७८ मत ल्याएर विजयी भएका हुन्। त्यहाँ वडामा गठबन्धन थिएन।
राइले एमाले, कांग्रेस, जसपा र राप्रपाबाट वडाध्यक्षका प्रत्यासीहरुलाई पछि पार्दै जित निकालेको हो।
दुई खुल्ला वडा सदस्य तथा महिला वडा सदस्य र दलित महिला वडा सस्दयमा एमालेका उम्मेदवारहरु विजयी भएका छन्।
एमालेका वडाध्यक्षका उम्मेदवार हर्क खत्रीले ५५६, कांग्रेसका उम्मेदवार पदम पुरीले १५६, जसपाका उम्मेदवार धनीराम नछुङले ७८ र राप्रपाका उम्मेदवारलाई १ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।