खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनिडाँडामा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।
वडाध्यक्षमा रुद्रकुमार राई ४८८ मत ल्याएर प्यानल सहित विजयी हुनुभएको हो।
अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएका राई पुनः वडाध्यक्षमा विजयी भएका हुन्। वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारले ४०६ र एमालेका उम्मेद्वारले ३३५ मत पाएका छन्।
एमाले र माओवादी बिच गुपचुप गठबन्धन भएको यस नगरपालिकामा बाहुनिडाँडा माओवादीको भागमा परेको थियो।
नगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेद्वारको अग्रता छ।