• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जन्तेढुंगा गाउँपालिकाका जनताको हरेक चाहना अनुसार काम गर्छु : खेम बहादुर खड्का

जन्तेढुंगा गाउँपालिकाका जनताको हरेक चाहना अनुसार काम गर्छु : खेम बहादुर खड्का

images

प्रभाव न्यूज

२७ बैशाख २०७९
  • 21.9K
    SHARES
  • images
    जन्तेढुंगा गाउँपालिकाका जनताको हरेक चाहना अनुसार काम गर्छु : खेम बहादुर खड्का
    images
    images
    images

    खोटाङ - नेपाली कांग्रेसका नेता तथा जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्षका उम्मेद्वार खेम बहादुर खड्काले आफूलाई निर्वाचित गराए जनताको चाहना अनुसार काम गर्ने बताएका छन्।

    images

    स्थानीय सरकार पूर्ण अधिकार प्राप्त भएकोले पालिकाको विकासका निम्ति भिजन, दृष्टिकोण तयार गरेर चुनावी मैदानमा आफू गएको र जनताको हरेक चाहना अनुसार काम गर्ने बताएका हुन्।

    जनताको समृद्धिको सपना पूरा गर्न पनि मेरो उम्मेद्वारी हो। उनले भनेका छन्, ‘मलाई जन्तेढुंगा गाउँपालिकाको जनताले जिताएर गाउँपालिकाको उपाध्यक्षको पदमा पुर्याउनुभयो भने विगतमा भइराखेको गलत विकृति, विसंगती अथवा गलत प्रथाको एक हप्ताभित्रमा अन्त्य गर्छु।’

    मलाई २०७४ सालमा यहाँका मतदाताले चिन्न सक्नु भएन, म दिक्तेल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै गरेको शिक्षित मान्छे गाउँको विकास गर्न भनेर सपना बोकेर आएको थिएँ। यहाँका जनताले हराउनुभयो। तर, जसलाई जिताउनुभयो ति व्यक्तिबाट समृद्ध पालिका निर्माण हुन नसक्ने कुरा अहिले सबै मतदाताले अनुभव गर्नुभएको छ। उनले भने।

    images

    मलाई मततादाले त्यो वेला जिताउनु भएन, मैले नजिते पनि यो पालिकालाई समृद्ध बनाउने कुरामा कहिले हारिन। संधै यहि पालिकामा बसेर जनताका सुख दुखका काम गरेको छु। यस पटक मतदाताले आफ्नो अमुल्य मतदान गरेर काम गर्ने आदेश गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु। खड्काको भनाई छ।

    images

    खड्काले भने, ‘मतादातको सोझो भनाई छ। ‘तपाई जतिको मान्छे यहाँ आउँदा गौरावान्वित छौ, तपाईलाई हामी सहयोग गर्छौ, जिताउँछौ, तपाईले जुन भिजनका कुराहरु राख्नुभएको छ। त्यसलाई व्यवहारमा उतार्नुहोस हाम्रो भरपूर सहयोग रहन्छ।’ जित सुनिश्चित छ। किनभने जनताले विश्वास गर्नुभएको छ, भरोसा गर्नुभएको छ, उर्जा थप्नुभएको छ।’ किनकी नेताको निम्ति जनता प्रत्यक्ष भगवान हो।

    उहाँहरुले नै हौसाला, उर्जा दिंदै गर्दा म भित्र त्यो विश्वास छ। यो चुनावमा अत्याधिक मतका साथ विजयी हुने निश्चत छ। खड्काले जानकारी दिए।

    जनताको अभाव, दुःख पीडाहरुमा जनताले नै बनाएको सरकार कहाँ छ? देख्न पाइएन तर, मैले जिते भने २४ घण्टा यस पालिकाका जनतासँग सीधा सम्पर्कमा हुन्छु। जनताको आवश्यकतामा सरकारलाई २४ सै घण्टा भेट्न पाउँछ त्यस्तो सिस्टम बनाउँछु।उनले भने। हरेक कुराहरुमा पारदर्शिता हुन्छ। त्यहाँ कुनै आस्थाको हिसाबले,पार्टीगत हिसाबले कुनै पनि कार्यक्रमहरु बन्दैनन। संघीय संरचनाको मर्म र भावना अनुसार गाउँपालिकाको कार्यक्रमहरु अघि बढ्छ।पालिका सरकार त्यसरी चल्छ। उनको भनाई छ। उनले भनेका छ्न चार दलीय गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रकी अरुणादेवी राई र नेपाली काङ्ग्रेसको तर्फबाट उपाध्यक्षमा म खेम खड्कालाई विजयी गराउन हुन अनुरोध गर्दछु उनले बताए। गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेद्वार नेकपा माओवादी केन्द्रकी अरुणदेवी राई अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका खेम बहादुर खड्का चुनावी मैदानमा छन्। नेकपा एमालेबाट शंखर बहादुर राई अध्यक्षमा र विमला राई उपाध्यक्षमा उम्मेद्वार छन्।

    images
    images

    प्रकाशित :बैशाख २७, २०७९ मंगलवार - १३:५०:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij