• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एमाले खोटाङले मतदातालाई बाढ्न लागेकाे पाइप प्रहरीले गर्‍यो नियन्त्रण

एमाले खोटाङले मतदातालाई बाढ्न लागेकाे पाइप प्रहरीले गर्‍यो नियन्त्रण

images

प्रभाव न्यूज

२१ बैशाख २०७९
  • 63.5K
    SHARES
  • images
    एमाले खोटाङले मतदातालाई बाढ्न लागेकाे पाइप प्रहरीले गर्‍यो  नियन्त्रण
    images
    images
    images

    खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ। वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट दिक्तेलबजारमा खरिद गरिएको खानेपानीको पाइप वडा कार्यालय लैजाने क्रममा प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो।

    images

    एमालेले मतदाता प्रभावित पार्ने उदेश्यले खानेपानीको पाइप बाँड्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीले १६ क्वाइल पाइप नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको पाइप हाल प्रहरी चौकी खानीडाँडामा राखेकाे जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए। याे पाइप अब ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनपछि फिर्ता दिने प्रहरीले जनाएको छ।

    वडा सचिव पवन श्रेष्ठले वडा कार्यालय लैजादै गरेको अवस्थामा प्रहरीले पाईप नियन्त्रणमा लिइएको बताए। वडा कार्यालयले हरेक वर्ष डेढ लाखको पाईप खरिद गरेर दलित, जनजाति, महिला लगायतलाई वितरण गर्दैआएको उनकाे भनाइ छ। साेही अनुसार वडा कार्यालयले गत चैतमै पाइप बाँड्ने निर्णय गरेको थियो। तर, हार्डवेयर पसलका सञ्चालकहरूले ढिला गरी पाईप ल्याएकाले तोकिएको समयमा पाईप बाँड्न नसकिएको वडाध्यक्ष डिल्ली चाम्लिङले बताए। चाम्लिङ पुन: एमालेबाट वडाध्यक्ष बन्ने चुनावी दौडमा छन् ।

    images
    images

    प्रकाशित :बैशाख २१, २०७९ बुधवार - १७:५२:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij