काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई लुतोको संज्ञा दिएका छन्।
एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार राखेको कार्यक्रममा ओलीले कांग्रेस र गठबन्धनको चर्को आलोचना गरे।
उनले भने, ‘पाँचदलीय गठबन्धन अलिक समय आएको लुतो हो। ठूलो घाउ पनि होइन। तर कतिबेला यता खुचखुच गर्छ, कतिबेला उता खुचखुच गर्छ। केही समयका निम्ति पीडा हो।’
उनले अघि भने, यस पीडालाई हामीले निर्वाचनको माध्यमबाट पन्छाउनुपर्छ।
लुतो पन्छाउने एउटा दिन हुन्छ नेपालमा।
यसपल्ट चाहिं दुईवटा दिन हुने भो। एउटा वैशाख ३० गते, अर्को मंसिरतिर कहिले हो।
हलमा सहभागीले साउन एक भने। तर ओलीले मंसिरतिर भन्दै आम निर्वाचनतिर संकेत गरेका छन्।