• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेस खोटाङले स्थापना दिवसको दिन बिपी कोइरालाको शालिक उद्घाटन गर्ने

कांग्रेस खोटाङले स्थापना दिवसको दिन बिपी कोइरालाको शालिक उद्घाटन गर्ने

images

प्रभाव न्यूज

२५ चैत्र २०७८
  • 19.8K
    SHARES
  • images
    कांग्रेस खोटाङले स्थापना दिवसको दिन बिपी कोइरालाको शालिक उद्घाटन गर्ने
    images
    images
    images

    खोटाङ, चैत्र २५ - नेपाली कांग्रेस खोटाङले आफ्नो स्थापना दिवसको अवसरमा महामानव बिपी कोइरालाको शालिक उद्घाटन गर्ने भएको छ।

    images

    बिपी स्मृति भवन दिक्तेलमा कोइरालाको अर्धकदको शालिक राखिएको र सो शालिक चैत्र २७ गते स्थापना दिवसको दिन पारेर उद्घाटन गर्ने भएको हो।

    कांग्रेसका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलको संयोजकत्वमा सो शालिक निर्माण भएको हो।

    ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तरगत खोटाङका लागि खटिनुभएको प्रतिनिधि तथा केन्द्रीय सदस्य कल्पना चौधरी, केन्द्रीय सदस्य सरस्वती बजिमय र कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईको आतिथ्तामा शालिक उद्घाटन गरिने जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो।

    images

    शलिक उद्घाटन तथा कांग्रेसको स्थापना दिवस मनाउनका लागि तयारी पूरा भएको र जिल्लाभरका नेता, कार्यकर्ता, भातृ र सुभेच्छुक संघसस्थालाई उपस्थितिका लागि खवर गरिएको सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो।

    images

    बीपी कोइरालाको नेतृत्वमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र सूवर्ण शम्शेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गतेका दिन पार्टी एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखिएको थियो।

    उसो त कतिपय कांग्रेसी नेताले माघ १२ लाई पनि कांग्रेस स्थापना दिवसका रूपमा मनाउँछन्।

    २००३ साल माघ १२ र १३ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन कलकत्तामा भएको थियो।

    तर, पार्टीले भने चैत २७ गतेलाई नै स्थापना दिवस मान्दै आएको छ।

    कांग्रेस आगामी चैत्र २७ गते ७१ वर्ष पूरा गरी ७२ औं वर्षमा प्रवेश गर्दैछ।

    देशको पुरानो र ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसले राणाविरुद्धको आन्दोलन देखि ०६२/६३ सालको राजनीतिक आन्दोलनको नेतृत्व गरेको थियो।

    images
    images

    प्रकाशित :चैत्र २५, २०७८ शुक्रवार - ०९:२९:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij