• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङ : विद्यालय व्यवस्थापन समिति दलहरूको शक्ति परीक्षण गर्ने थलो बन्यो

खोटाङ : विद्यालय व्यवस्थापन समिति दलहरूको शक्ति परीक्षण गर्ने थलो बन्यो

images

प्रभाव न्यूज

२२ चैत्र २०७८
  • 19.2K
    SHARES
  • images
    खोटाङ : विद्यालय व्यवस्थापन समिति दलहरूको शक्ति परीक्षण गर्ने थलो बन्यो
    images
    images
    images

    खोटाङ, चैत २२- खोटाङका सामुदायिक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ति परीक्षण गर्ने थलो बन्दै गएको छ।

    images

    व्यवस्थापन समिति चयनका क्रममा हुने निर्वाचनलाई विशेषगरी कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले शक्ति परीक्षणको थलो बनाउँन थालेका हुन्।

    सामुदायिक विद्यालयमा स्थानीय तह निर्वाचनकै झल्को दिनेगरी व्यवस्थापन समितिको निर्वाचन हुने गरेको छ। पछिल्लो समय गठबन्धन दलले एउटा प्यानल र एमालेले अलग्गै प्यानल खडा गरेर अभिभावकलाई भिडाउने गरेको छ।

    निर्वाचन परिणामलाई दलका नेताले दलीय निर्वाचनकै परिणामका रुपमा लिने गरेका छन्। प्यानलले जितेको अवस्थामा नेताहरूले नै सामाजिक सञ्जालमा खुसी प्रकट गर्ने र बधाई दिने गरेको देख्न सकिन्छ।

    images

    दुई साताको अन्तरालमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित त्रिभुवन मावि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पञ्चकन्य माबिमा गठबन्धन र एमालेले छुट्टाछुट्टै प्यानल खडा गरेर व्यवस्थापन समितिको निर्वाचन गराएको छ।

    images

    पञ्चकन्य माविको व्यवस्थापन समितिका लागि सोमबार दलीय आधारमा निर्वाचन भयो। निर्वाचनमा एमाले समर्थितहरूको प्यानलै विजयी भएका छन्।

    एमालेले उठाएको चन्द्रकला भुजेलले ९४ मत, मन्दिरा बिकले ९१ मत, गणेश कार्कीले ८६ मत र डोरनिधि खत्रीले ८५ मत पाएका छन्। गठबन्धनकातर्फबाट उठाइएका सरस्वती श्रेष्ठले ६० मत, शर्मिला बिकले ७१ मत, पर्शुराम राईले ७४ मत र तिर्थ भट्टराईले ७३ मत पाएका छन्।

    कुल एक सय ६९ मत खसेकामा १५ मत बदर भयो। त्रिभुवन मावि ऐसेलुखर्कको व्यवस्थापन समितिको ५ चैतमा भएको निर्वाचनमा पनि एमालेका उम्मेद्वारनै विजयी बनेका थिए।

    दुई माविको व्यवस्थापन समितिको पछिल्लो निर्वाचन परिणामलाई एमालेका नेता तथा कार्यकर्ताले गठबन्धनमाथिको विजयका रुपमा खुसी मनाइरहेका छन्।

    उनीहरूले आसन्न स्थानीय तहको निर्वाचनमा समेत विद्यालय व्यवस्थापन समितिकै किसिमले निर्वाचन नतिजा आउने अर्थ लगाइरहेका छन्।

    तर शैक्षिक संस्थाजस्तो शान्तिक्षेत्रमा दलीय आधारमा निर्वाचन गरेर व्यवस्थापन समिति बनाउनुपर्ने अवस्था दुःखद् भएको अभिभावक बताउँछन्।

    आफ्नो शक्ति परीक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरुको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको छ।

    तर, व्यवस्थापन समिति गठनकाक्रममा तँछाड–मछाड गर्दै लड्ने र लडाउनेको क्रियासिलता शैक्षिक गुणस्तर वृद्धिमा भने शुन्य प्रायः हुने गरेको छ।

    images
    images

    प्रकाशित :चैत्र २२, २०७८ मंगलवार - २०:३८:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij