• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जालझेल गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पुर्‍याए :  ओली

जालझेल गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पुर्‍याए :  ओली

images

प्रभाव न्यूज

१९ चैत्र २०७८
  • 9.8K
    SHARES
  • images
    जालझेल गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पुर्‍याए :  ओली
    images
    images
    images

    खोटाङ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपाल गरिब देश होइन रहेछ’ भन्ने राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएको परिणाम एमालेलाई सत्ताच्यूत गरिएको बताएका छन्।

    images

    नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘हामी आफै विकास गर्न सक्छौँ’ भन्ने राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै परिणाम बिरोधीले एमालेलाई सरकारबाट हटाएको बताएका हुन्।

    वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔंदेखि विकासको नयाँ लहर ल्याएको देखेर एमालेले सँधै सरकार चलाउने र आफु सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका बिरोधीले जालझेल र षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा र्पुयाएको अध्यक्ष ओलीको भनाइ थियो। ‘एमालेको नेतृत्वमा विकासको नयाँ लहर सुरु भयो। पुःननिर्माणको लहर सुरु गर्यो।

    हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सँधै गरीब हुने देश होईन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आत्माबिश्वास अगाडि बढायौँ,’ अध्यक्ष ओलीले भने, ‘तर बिरोधीहरु आत्तिए।

    images

    एमालेले सँधै सरकार बनाउने भो, सँधै एमालेले सत्ता चलाउने भो, उनीहरु आउन नपाउने भए भनेर आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई सरकारबाट हटाएको हो।’ उपाध्यक्ष रामबहादुर थापा बादललाई लिएर खोटाङ पुगेका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दावी गरे। उनले केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभै थप सुदृढ भएको बताए।

    images

    ‘२०५४ सालमा एमाले फुटाइयो तर एमाले जस्ताको तस्तै। पछि पनि पार्टी फुटाइयो, एमाले जस्ताकोतस्तै रह्यो,’ ओलीले भने, ‘एमालेबाट केही मान्छे अन्त लागेका भए पनि एमाले जस्ताको तस्तै मात्र होईन अझ सुढृड भएर अगाडि बढेको छ, बढ्ने छ।

    देशभरी अरु पार्टीमा रहेका कार्यकर्ता एमालेमा आइरहेका छन्।’ ओलीले देशलाई संमृद्ध र जनतालाई सुखी बनाउनका लागि आगामी ३० बैसाखको स्थानीय तहको निर्वाचनमा एमालेलाई दुईतिहाई बढी स्थानमा जिताउनका लागि आग्रह गरेका छन्। दिक्तेलको जनसभालाई सम्बोधन गर्नु अगाडि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसँग हलेसी दर्शन गरेका थिए।

    दर्शन लगत्तै हलेसीमै आयोजना गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिसुल हुन्छ’ भन्दै मजाक उँडाउने नेताको परिणाम राम्रो नआउने बताएका थिए।

    images
    images

    प्रकाशित :चैत्र १९, २०७८ शनिवार - १९:२९:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij