• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


एमालेको सरकार कहिले आउला भनेर जनता आश गरिरहेका छन् :ओली

एमालेको सरकार कहिले आउला भनेर जनता आश गरिरहेका छन् :ओली

images

प्रभाव न्यूज

१७ चैत्र २०७८
  • 17.7K
    SHARES
  • images
    एमालेको सरकार कहिले आउला भनेर जनता आश गरिरहेका छन् :ओली
    images
    images
    images

    काठमाडौं -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार हटेकोमा सिंगो नेपाली जनता दुःखित र चिन्तित भएको बताएका छन्।

    images

    बिहीबार कालीकोटको सदरमुकाम मान्ममा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनको सरकार कहिले जाला र एमालेको सरकार बन्ला भनेर जनताले पर्खिरहेको बताए।

    ‘गठबन्धनको सरकारको कहिले दिन जाला, कहिले एमाले सरकार बन्ला, कहिले सरकारप्रति जनताले विश्वास गर्ने, सरकारले जनताको लागि काम गर्ने दिन आउला, कहिले सरकारले विकासको काम अगाडि बढाउने दिन आउला, विकासको लहर फेरि कहिले सरकारले सुरु गर्ला, त्यसका निम्ति कहिले एमालेको सरकार आउला? भनेर नेपाली जनताले हेरिरहेको, पर्खिरहेको छु, उनले भने।’

    ओलीले एमालेमा प्रवेश गर्नेहरुले पछुतो र पश्चाताप मान्नु नपर्ने बताए। नेकपा एमालेले कुनै पनि कार्यकर्ताको दुरुपयोग गर्नेछैन। गलत काममा लगाउँदैन। गलत बाटो हिँडाउँदैनु, उनको भनाइ छ।

    images

    ओलीले दोस्रोपटक पनि गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले गत असारमा असंवैधानिक भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो।

    images

    २०७५ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री भएका ओली २०७८ असार २९ गते पदमुक्त भएका थिए।

    images
    images

    प्रकाशित :चैत्र १७, २०७८ बिहिवार - २०:५६:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij