• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


स्थानीय तहको निर्वाचनका लागि खोटाङमा गठबन्धनले गर्‍यो यस्तो निर्णय

स्थानीय तहको निर्वाचनका लागि खोटाङमा गठबन्धनले गर्‍यो यस्तो निर्णय

images

प्रभाव न्यूज

१७ चैत्र २०७८
  • 22.1K
    SHARES
  • images
    स्थानीय तहको निर्वाचनका लागि खोटाङमा गठबन्धनले गर्‍यो यस्तो निर्णय
    फाइल तस्वीर
    images
    images
    images

    खोटाङ- स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ।

    images

    जिल्ला समन्वय समितिको सभाहलमा भएको गठबन्धन दल काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो।

    बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए।

    जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने बैठकले निष्कर्ष निकालेको छ। खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडा छन्न्। तर गठबन्धन दलबीचमा ‘कुन स्थानीय तहमा कसलाई नेतृत्व दिने, कुन र कति वडा कुन दलले लिने’ भन्ने ठोस निर्णय गर्न बाँकी छ।

    images

    नगरपालिका, गाउँपालिका र वडा बाँडफाँड गरेर चुनावमा जानका लागि आवश्यक छलफल गर्न गठबन्धन दलले निरन्तर बैठक बस्ने जनाएको छ। ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सकरात्मक छलफल भएको छ।

    images

    गठबन्धन नटुटाउने, कुनै न कुनै रुपमा गठबन्धन गर्न लचकता अपनाउने निर्णय भएको छ,’ इन्चार्ज चाम्लिङले भने, ‘गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ।

    ठोस निर्णयका लागि निरन्तर बैठक बसिरहनेछौँ। गठबन्धन नटुटाउनका लागि ठोस आधार तय भएको छ।’

    गठबन्धन दलको बैठकले आगामी १९ चैतमा जिल्लाका ७९ वटै वडामा अन्तरक्रिया तथा चियापान गर्ने निर्णय गरेको छ । 

    images
    images

    प्रकाशित :चैत्र १७, २०७८ बिहिवार - ०९:४४:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij