• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कांग्रेस महामन्त्री गगन थापाले ल्याए नयाँ एजेन्डा, गरे यस्तो प्रस्ताव

कांग्रेस महामन्त्री गगन थापाले ल्याए नयाँ एजेन्डा, गरे यस्तो प्रस्ताव

images

प्रभाव न्यूज

१४ चैत्र २०७८
  • 41.0K
    SHARES
  • images
    कांग्रेस महामन्त्री गगन थापाले ल्याए नयाँ एजेन्डा, गरे यस्तो प्रस्ताव
    images
    images
    images

    काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्ट होइन एजेन्डा बोकेर चुनावमा जान प्रस्ताव गरेका छन्।

    images

    शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा सोमबार धारणा राखेका महामन्त्री थापाले कम्युनष्निटहरुको भारी बोकेर चुनावमा गए त्यसले लाभ भन्दा धेरै क्षति पुर्‍याउनेचेतावनी समेत दिएका छन्।

    “निर्वाचनमा हाम्रा पार्टीका तर्फबाट आकांक्षी रहेका ककसलाई चुनाव नलड भन्ने? अहिले सबै स्थानीय तह र वडामा चुनाव लड्दै गर्दा त आकांक्षी व्यवस्थापन चुनौती छ भने कहाँ कहाँ अरुलाई भोट हाल्न लाउने?,” थापाले प्रश्न गर्दै भनेका थिए, “अहिलेसम्म चुनावमा हामी पार्टीभित्रकै अन्तर्घातका कारण कमजोर भएका छौं। पार्टीको बृहत्तर आन्तरिक एकता गरौँ । न्यायपूर्ण र लोकप्रियताको कसीमा उमेदवार चयन गरौँ।”

    उनले पार्टीको आन्तरिक एकता सुदृढ बनाएर चुनावमा गए विगतमा थोरै मतान्तर भएका अधिकांस क्षेत्रमा चुनाव जितिने बताए। उनले त्यस्तो गर्दा कांग्रेस एक्लैको ५० प्रतिशत भन्दा बढी स्थानीय तहमा प्रतिनिधिहरु निर्वाचित हुने दावी समेत गरे।

    images

    कांग्रेसले चुनाव अघिको गठबन्धन कांग्रेससँग गर्न चाहेको भए पनि निर्वाचनपछिको गठबन्धन कांग्रेससँगै गर्छ भन्ने ग्यारेन्टी नभएको बताए।

    images

    “प्रि–इलेक्सन एलाइन्स’ माओवादीले कांग्रेससँग चाहेको छ। तर, चुनावी परिणाम आएपछि ‘पोष्ट इलेक्सन एलाइन्स’ कांग्रेससँगै गर्छ भन्ने के ग्यारेन्टी छ?,” प्रश्न गर्दै थापाले भने, “अर्काको भरमा बाच्ने कुरा बन्द गरौं। आजकै दिनदेखि आफ्ना खुट्टामा उभिएर जनताको विश्वास आर्जनमा लागौँ।”

    उनले कम्युनष्टिहरु मिल्छन् र लोकतन्त्रका लागि जोखिम हुन भने झन् मिल्न नहुने धारणा राखे। “एमाले बलियो छ भनेर आफ्ना कार्यकर्ता तर्साउने काम बन्द गरौं। यसले कार्यकर्ता मात्र होइन न्युट्रल भोटरलाई समेत भड्काउने काम गर्छ,” थापाले भने, “कम्युनिष्टहरु मिल्छन् र त्यो संविधान र लोकतन्त्रका लागि विगतमा जस्तै खतरा हुन्छ भने झन कम्युनष्टि बोक्नु हुँदैन।”

    उनले कम्युनिष्टहरु मिल्छन् र संविधान र लोकतन्त्रका लागि खतरा हुन् भने त्यही मुद्दा लिएर जनतामा जानुपर्ने बताए। “कम्युनिष्टहरु मिल्छन्, लोकतन्त्र र संविधानका लागि खतरा हुन्छन् भने त्यही मुद्दा लिएर जनतामा जानुपर्छ,” थापाले भनेका थिए, “कम्युनष्टिहरु होइन एजेन्डा बोकेर चुनावमा जाऔँ। त्यसले हाम्रो निष्ठालाई बलियो बनाउँछ। जनता र कार्यकर्तामा पनि उत्साह ल्याउँछ।”

    थापाले बोल्दै गर्दा थापाले रोल्पामा प्रचण्डले भ्यूटावर उद्घाटनमा बोलेको अडियो भिडियोसमेत सुनाएका थिए। ‘हामी चुनाव जित्नका लागि एक्लै सक्षम छौँ। कोही कोही मिल्न आएकाले मात्र गठबन्धनको कुरा गरेका हौँ,” भनेको प्रचण्डको आवाज सुनाउँदै थापाले ढाँटको राजनीति गर्नलाई बोकेर कांग्रेसलाई क्षति मात्र हुने बताएका थिए। “हामी एक्लै लड्यौँ भने हार्छौँ भन्दैगर्दा चुनावमा जनताकहाँ नपुग्दै कमजोर हुन्छौं,”

    उनले थपेका थिए, “यस्तो अवस्थामा कार्यकर्ताले कस्तो मनोबल लिएर जनतामा जाने र हामी विकास दिन्छौं भनेर कसरी विश्वस्त पार्ने?” थापाले महाधिवेशनले पार्टीमा बृहत्तर एकताको सन्देश दिएको भन्दै त्यसलाई लत्याएर अर्को पार्टीसँग मिल्न जानु उपयुक्त नहुने बताए। थापाले सरकारको प्रभावकारीले पनि निर्वाचनलाई निर्देशित गर्ने बताए। सरकारका विषयमा प्रश्न उठ्ने अवस्था भए त्यसले निर्वाचन परिणामलाई पनि प्रत्यक्ष प्रभावित पार्ने उनको भनाई थियो।

    “भोलि सरकारको प्रभावकारितामा प्रश्न उठ्यो भने हामीले के जवाफ दिने? सरकार गठबन्धनकै बोझले प्रभावकारी हुन सकेन भने हामीले नै प्रश्न उठाउनुपर्ने भयो भने के गर्ने,” थापाले भने, “सरकार प्रभावकारी भएन भने हाम्रा उम्मेदवारले त्यो भारी उठाउन सक्नु होला?”

    images
    images

    प्रकाशित :चैत्र १४, २०७८ सोमवार - १८:५१:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij