• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता, कुन - कुन छन् दर्ता भएका दल ? (सूचिसहित)

निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता, कुन - कुन छन् दर्ता भएका दल ? (सूचिसहित)

images

प्रभाव न्यूज

१३ चैत्र २०७८
  • 16.5K
    SHARES
  • images
    निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता, कुन - कुन छन् दर्ता भएका दल ? (सूचिसहित)
    images
    images
    images

    खोटाङ - आगामी स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता भएका छन्।

    images

    ३० वैसाखमा हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी दर्ता भएका हुन्।

    dal khotang.png

    नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली पार्टी र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले बताए।

    images

    निर्वाचन आयोगले आफ्नै निर्वाचन चिह्न लिनका लागि तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका १३ दलको जिल्ला स्तरको संगठनात्मक संरचना (जिल्ला समिति) बारे विवरण प्राप्त भएको जनाएको छ।

    images

    राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लेसपा)ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने सूचना अधिकारी राईले बताए।

    निर्वाचनमा उठ्ने उम्मेद्वारलाई सोही दलको निर्वाचन चिह्न दिनका लागि राष्ट्रिय दल बाहेकका दललाई जिल्ला स्तरको संगठन संरचनाको विवरण ६ चैतभित्र पेस गर्न भनिएको थियो।

    images
    images

    प्रकाशित :चैत्र १३, २०७८ आइतवार - १६:३३:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij