• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कांग्रेसभित्र यसरी पकड जमाउँदै छन् गगन थापा

कांग्रेसभित्र यसरी पकड जमाउँदै छन् गगन थापा

images

प्रभाव न्यूज

११ चैत्र २०७८
  • 23.1K
    SHARES
  • images
    कांग्रेसभित्र यसरी पकड जमाउँदै छन् गगन थापा
    images
    images
    images

    काठमाडौं - कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीसमेत रहेका पार्टीका युवा नेता गगन थापालाई निकै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन्।

    images

    स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मा दिएर थापालाई अगाडि बढाएका हुन्।

    पार्टीको १४आंै महाधिवेशनबाट थापा महामन्त्री बनेपछि प्रधानमन्त्रीसमेत रहेका देउवाले उनलाई पार्टी र सरकारका महत्वपूर्ण बैठकहरूमा सहभागी गराउँदै आएका छन्।

    युवा नेतालाई अगाडि बढाएपछि जनताले पनि विकास र समृद्धिको अपेक्षा गरेका छन् भने राजनीतिमा आफ्नो प्रतिनिधि निर्णायक बन्न पाएपछि उत्साह थपिएको युवा नेताहरू बताउँछन्।

    images

    देउवाले थापालाई अगाडि बढाउने क्रममा अहिले पार्टीको अत्यन्तै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन्। स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रमा पार्टीको नीति, योजना र कार्यदिशा समेटिने कांग्रेस नेता मीन विश्वकर्माले बताए। पार्टीको नीति योजना र कार्यदिशा नै थापाले बनाउने जिम्मा पाउनु भनेको पार्टी नेतृत्व हाँकेसरह नै हुन्छ।

    images

    थापा संयोजक रहेको समिति गठनबारे आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल हुने नेता विश्वकर्माले बताए।

    करिब २० जनासम्म सदस्य संख्या रहनेगरी थापाले समिति गठन गर्ने कांग्रेसले जनाएको छ। जनताको माझमा दिन खोजेको सन्देश, अहिलेसम्म गरेका कामहरू, विकासका आधार र कार्यक्रम, मुलुकको समृद्धि र जनताको आवश्यकता, समस्या र पार्टीले जनतासमक्ष गर्ने प्रतिबद्धता समेटेर साझा घोषणापत्र तयार गर्ने कांगे्रसले जनाएको छ।

    यसरी तयार गरेको घोषणापत्र केन्द्रबाट जारी हुने र यसैको आधारमा स्थानीय उम्मेद्वारले प्रतिबद्धता व्यक्त गर्ने नेता विश्वकर्माको भनाइ छ। केही समयअघि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको कारण पेचिलो बनेको मुलुकको राजनीतिक परिस्थितिमा पनि थापाले निर्णायक भूमिका खेलेको कांग्रेस नेताहरूको बुझाइ छ।

    यस्तै सत्ता गठबन्धनको विषयमा पनि थापाले विभिन्न अभिव्यक्ति दिँदै आएका छन्। नेता थापालाई नजिकबाट चिन्ने नेताहरूले थापा कांग्रेस महामन्त्रीसँगै प्रतिनिधिसभा सदस्य पनि भएकाले देउवाले शीर्ष तहको छलफलमा सहभागी गराएको र अगाडि बढ्न सहयोग गरेको तर्क गर्छन्। पार्टीको १४औँ महाधिवेशनमार्फत महामन्त्री बनेलगत्तै थापा सर्वदलीय बैठकमा पनि सहभागी भएका थिए।

    उच्चस्तरीय छलफलमा सहभागी भएको हिसावले पार्टी सभापति देउवाले महामन्त्री थापालाई विश्वास पात्रको रुपमा लिएको बुझ्न सकिन्छ। सभापति बनेलगत्तै देउवाले नयाँ पुस्तासँग कसरी सहकार्य गर्लान् भन्ने धेरैको चासो थियो। १४ औं महाधिवेशनमा नेता शेखर कोइराला नेतृत्वको समूहबाट चुनावमा होमिएका थापा भारी मतले महामन्त्री बनेका हुन्।

    थापा आफ्नै प्रतिस्पर्धी समूहबाट चुनावमा उठेर पार्टीमा महामन्त्री बने पनि देउवाले साथ दिन थालेका हुन्। सान्र्दभिक विषयबस्तुलाई आकर्षक ढंगले उठान र प्रस्तुत गर्ने कलाले पनि थापा राजनीतिक वृत्तमा चर्चित छन्। २०५७ सालमा नेविसंघको उपाध्यक्ष बनेका थापा त्यसको दुई वर्षपछि नेविसंघको महामन्त्री पद सम्हालेका थिए।

    २०६२र६३ सालको जनआन्दोलनमा गणतन्त्रको मुद्दा अघि सारेपछि चर्चित बनेका थापा पहिलो संविधानसभाको समानुपातिक तर्फबाट सदस्य बन्न सफल भएका थिए। २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।- न्युज कारखाना

    images
    images

    प्रकाशित :चैत्र ११, २०७८ शुक्रवार - १७:१६:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij