• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बंशिलाघाटमा बेलिब्रिज राख्न मूख्यमन्त्री समक्ष माग

बंशिलाघाटमा बेलिब्रिज राख्न मूख्यमन्त्री समक्ष माग

images

प्रभाव न्यूज

९ चैत्र २०७८
  • 12.7K
    SHARES
  • images
    बंशिलाघाटमा बेलिब्रिज राख्न मूख्यमन्त्री समक्ष माग
    images
    images
    images

    खोटाङका गठबन्धन दलले खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित बंशिलाघाटमा फेरी वा बेलिब्रिज जडानको माग गरेका छन्।

    images

    कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई माग–पत्र बुझाउँदै बंशिलाघाटमा यातायातका सवारी साधन ओहोर–दोहोर गर्न मिल्नेगरी फेरी वा बेलिब्रिज जडानको व्यवस्थाका लागि माग गरेका हुन्।

    खोटाङतर्फ र उदयपुरतर्फ सडक बनेको वर्षौं वितिसक्दा पनि झोलुङ्गे पुल मात्र भएको बंशिलाघाटमा फेरी वा बेलिब्रिज जडानका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय समक्ष माग राखिएको कांग्रेस नेता बाजिन्द्र बिष्टले बताए।

    गठबन्धन दलले खोटाङ र उदयपुरको फोक्सिङटारस्थित सुनकोसीमा हालिएको बेलिब्रिजलाई बंशिलाघाटमा सार्न आग्रह गरेका छन्। फोक्सिङटारको पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले सो स्थानमा राखिएको बेलिब्रिज बंशिलाघाटमा सार्ने व्यवस्थाका लागि आग्रह गरेका हुन्।

    images

    बंशिलाघाट जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाको पुर्वी शहर जोड्ने मूख्य नाका हो। शहरबाट नुनदेखि सुनसम्मका उपभोग्य सामग्री सोही झोलुंगे पुलबाट भित्रिने गरेको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बंशिलाघाट भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा पर्छ।

    images

    ‘खोटाङको दक्षिणी क्षेत्र भौगोलिक तथा भौतिक बिकासका हिसावले पनि निकै पछाडि रहेको छ। यस्तो पिछडिएको क्षेत्रमा पश्चिम–दक्षिण क्षेत्रबाट सुनकोसी बगेको हुँदा उक्त प्राकृतिक नाकाबन्दी तोडी सहजता ल्याउन र यातायातमा पहुँच पुर्‍याउनका लागि बंशिलाघाटमा फेरी राखेर अस्थायी रुपमा आवत- जावत सहज गराउन माग गर्दछौँ,’ माग–पत्रमा भनिएको छ,

    ‘फोक्सिङटारमा मोटरेबल पुल बन्न लागेकोले त्यहाँको बेलिब्रिजलाई स्थानान्तरण गरी बंशिलाघाटमा जोड्न आवश्यक पहल गर्न माग गर्दछौँ।’ प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ), प्रदेश १ कै सामाजिक विकास मन्त्री राजन राई, कांग्रेस नेता बिष्ट, नेकपा माओवादी केन्द्रका नेतृ अरुणादेबी राई र बद्रीकुमार राई, नेकपा एकीकृत समाजवादीका सुमन राई र माईतीराज राईको टोलीले मुख्यमन्त्रीलाई माग–पत्र बुझाएका हुन्।

    images
    images

    प्रकाशित :चैत्र ९, २०७८ बुधवार - २०:००:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij