• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


शेरधनको बलमिच्याइ, अविश्वासको प्रस्ताव आउने डरले बैठक बस्न नदिने खेल

शेरधनको बलमिच्याइ, अविश्वासको प्रस्ताव आउने डरले बैठक बस्न नदिने खेल

images

प्रभाव न्यूज

२५ माघ २०७७
  • 20.3K
    SHARES
  • images
    शेरधनको बलमिच्याइ, अविश्वासको प्रस्ताव आउने डरले बैठक बस्न नदिने खेल
    images
    images
    images

    विराटनगर - प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार बोलाएका छन्।

    images

    प्रदेशसभामा नेकपा दाहाल-नेपाल समूहले दर्ता गराएका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबाहेकको बिजनेस नभएकाले उक्त प्रस्ताव टेबल हुने निश्चित छ।

    तर, सत्ता पक्ष प्रदेशलेसभा बैठक नै बस्न नदिने खेलमा छ। यो समाचार आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    मुख्यमन्त्री राईनिकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेकपा औपचारिकरुपमा विभाजन हुन नसकेको र सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा विचाराधीन भएकाले प्रदेशसभा बैठकको औचित्य नभएको बताए।

    images

    ‘मुख्यमन्त्री राईले नेकपा संसदीय दलको नेताको हैसियतमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई तीनमहिनासम्म कुनै किसिमको संसदीय गतिविधिमा संलग्न नहुने गरी निलम्बन गर्नुभएको छ,’ उनले भने, ‘प्रदेशसभा बैठक बस्न कि त सभामुखले मुख्यमन्त्रीज्यूले गरेको कारवाही कार्यान्वयन गर्नुपर्छ कि नेकपाको औपचारिक विभाजन पर्खिनुपर्छ।’

    images

    निलम्बनका परेका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा प्रदेशसभा बैठक अघि बढ्न नदिने राजभण्डारीले बताए ।

    images
    images

    प्रकाशित :माघ २५, २०७७ आइतवार - ०७:०१:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij