• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय भएको छैन : गगन थापा

गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय भएको छैन : गगन थापा

images

प्रभाव न्यूज

२९ फाल्गुण २०७८
  • 14.8K
    SHARES
  • images
    गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय भएको छैन : गगन थापा
    images
    images
    images

    सुर्खेत- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन्।

    images

    कुडा कर्णाली उत्सवका लागि सुर्खेत पुगेका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेको बताएका हुन्।

    अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको बताए।

    ‘तर, यो गठबन्धन निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित छ,’ उनले भने, ‘यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्ला एक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ।’

    images

    पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुईवटा मत रहेको भन्दै महामन्त्री थापाले चैत दोस्रो साताभित्र निर्णय हुने बताए।

    images

    ‘अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको छ। तल्लो तहको समिति र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय समितिले निर्णय गर्छ,’ उनले भने, ‘नेपाली कांग्रेस आगामी दिनमा यसको निर्णय लिन्छ।’

    images
    images

    प्रकाशित :फाल्गुण २९, २०७८ आइतवार - १७:५५:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij