• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


स्थानीय ‘तह’ हटाउने प्रधानमन्त्री देउवाको तयारी

स्थानीय ‘तह’ हटाउने प्रधानमन्त्री देउवाको तयारी

images

प्रभाव न्यूज

२९ फाल्गुण २०७८
  • 52.0K
    SHARES
  • images
    स्थानीय ‘तह’ हटाउने प्रधानमन्त्री देउवाको तयारी
    images
    images
    images

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार भन्न सकिने बताएका छन्।

    images

    स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरदैलोको सरकार भएको भन्दै उलने शब्दमा आपत्ति जनाउन नहुने बताए।

    नेपाल नगरपालिका संघको २९औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नगरपालिकाका जनप्रतिनिधिहरूलाई सेवा प्रवाहमा ध्यान दिन अनुरोध गरे।

    “नाम हैन, काम गर्ने हो। स्थानीय सरकार भन्दा चित्त बुझ्छ भने त्यो पनि भनौँला। सबै पार्टीलाई सहमतिमा ल्याएर कहाँ–कहाँ संशोधन गर्ने हो गरौँला,” उनले भने, “मुख्य कुरा भनेको सेवा प्रवाह हो। जनताको दुःख हटाउने काम गर्नुहोस्। तह शब्द हटाइदिउँला केही छैन।

    images

    जनतालाई प्रत्यक्ष सहभागी गराएर विकास गर्नुहोस्। नीति निर्माण र कार्यान्वयनमा जनतालाई सहभागी गराउनुहोस्।”

    images

    विकास निर्माण तथा सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी नगरपालिकाहरूको भएको तथा घरदैलोको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील भएको उनको भनाइ छ।

    images
    images

    प्रकाशित :फाल्गुण २९, २०७८ आइतवार - १७:०६:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij