खोटाङ- नेकपा एमाले खोटाङले पालिका इन्चार्ज तथा सह–इन्चार्ज तोकेको छ।
२३ र २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिबेसनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै पालिकाको इन्चार्ज तथा सह–इन्चार्ज तोकेको हो।
एमाले उपसचिव सुरेन्द्रकुमार राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिणादेबी राई इन्चार्ज तथा दिनेश साम्पाङ र अनिसा खनाल सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा रमेश तिवारी इन्चार्ज तथा किशोर श्रेष्ठ र कुमार बुढाथोकी सह–इन्चार्ज तोकिएका छन्।
यस्तै, ऐसेलुखर्क गाउँपालिकामा गिरेन राई इन्चार्ज तथा पुष्पकला भुजेल र गणेश नेपालले सह–इन्चार्ज, केपिलासगढी गाउँपालिकामा कृष्णकुमार राईले इन्चार्ज तथा खगेन्द्र गुरुङ र अडिराम राईले सह–इन्चार्जको जिम्मेवारी पाएका छन्।
खोटेहाङ गाउँपालिका इन्चार्जमा राजन बञ्जरा तथा सह–इन्चार्जमा कविता राई र कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका इन्चार्जमा तिलक बस्नेत तथा सह–इन्चार्जमा शंखरबहादुर राई र विदुरमान राई तोकिएका छन्।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा लोकेन्द्र राईले इन्चार्ज तथा भीमबहादुर खत्री र विनोद संसारले सह–इन्चार्ज, बराहपोखरी गाउँपालिकामा गोमा मगरले इन्चार्ज तथा रुद्र विष्ट र दिलबहादुर राईले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा लिलानाथ निरौलाले इन्चार्ज तथा खेमराज राई र बाबुराम जोशीले सह–इन्चार्ज, साकेला गाउँपालिकामा गोपीकृष्ण खड्काले इन्चार्ज तथा धनपाल राई र शिव बस्नेतले सह–इन्चार्जको जिम्मेवारी पाएका छन्।
बैठकले १०९ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड गरेको एमालेले जनाएको छ।