दिनराज कार्कीं, खोटाङ : नेपाली कांग्रेसका नेता, महाधिवेशन प्रतिनिधि रुद्र गिरीले जेष्ठ नागरिकलाई सम्मान गरेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाका २० जना जेष्ठ नागरिकलाई फलफुल बितरण गर्दै खादा ओढाएर सम्मान गरेका हुन्।
जेष्ठ नागरिकसहित गिरीले सातौं जिल्ला अधिवेशनमा क्षेत्रीय प्रतिनिधि छनौट भएका सो वडाका क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका छन्।
ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउन तथा जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा साटासाट गर्न गिरीले सो कार्यक्रमको आयोजना गरेको बताइएको छ।
ज्येष्ठ नागरिकहरुको मनोवल उच्च बनाउन गिरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडामा ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ गर्ने बताइएको छ।
आसन्न स्थानीय तहको निर्वाचनमा सहि नेतृत्व छान्न र गाउँको विकासलाई परिवर्तन गर्न जेष्ठ नागरिकको भुमिका उल्लेखनीय हुने गिरीको भनाई छ।
कार्यक्रममा बाम्राङका वडा सभापति सुरेश कार्की, पाथेका पुर्व वडा सभापति पदम राई लगायत नेता कार्यक्रताको उपस्थिति रहेको थियो।