नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले सभा गर्नका लागि पुग्ने ठाउँ नभएकाले नारायणहिटी अघिको स्थान छानेको बताएका छन् ।
आज राजधानीमा आयोजित सभामा बोल्दै उनले अन्यत्र ठाउँ सानो भएकाले त्यहाँ सभा गरेको बताए ।
सबैभन्दा ठूलो ठाउँ छान्दा पनि जनता बस्ने ठाउँ नभएको ओलीले बताए । मूल पार्टी कुन भन्ने अन्योलमा अझै कोही रहे कठैबरा भन्न सकिने जिकिर गरे ।
उनले आफ्नो समूह नै मूल पार्टी भएको बताए ।
उनले प्रचण्ड र माधवकुमार नेपालको माउ पार्टी नभएको जिकीर गरे।