• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्ता पक्राउ

खोटाङमा बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्ता पक्राउ

images

प्रभाव न्यूज

४ फाल्गुण २०७८
  • 56.7K
    SHARES
  • images
    खोटाङमा बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्ता पक्राउ
    images
    images
    images

    खोटाङमा एमसीसी सम्झौताको विरुद्धमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ परेका छन्।

    images

    एमसीसी सम्झौता विरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी आव्हान गरेको बन्द सफल बनाउन हिँडेका पाँच बन्दकर्तालाई प्रहरीले दिक्तेलबाट पक्राउ गरेको हो।

    मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता झमप्रसाद आचार्य, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सुदीप शर्मा लागायत पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।

    मध्यपहाडी लोकमार्गमा यातायात बन्द गराउँदै हिँडिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्लामा एमसीसी सम्झौता विरुद्ध आव्हान गरिएको बन्दको प्रभाव सबैभन्दा बढी शैक्षिक संस्थामा परेको छ । यातायातमा पनि आंशिक प्रभाव परेको छ।

    images

    यद्यपी, प्रहरीले भने बजार तथा यातायातमा बन्दको प्रभाव नपरेको जनाएको छ। बन्दको हल्लाबीच दिक्तेलबाट दैनिक काठमाण्डौं, इटहरी लगायतका लागि छुट्ने सवारी साधन बिहान छुटाइएको थियो ।

    images

    यात्रु बाहक सवारी साधनलाई प्रहरीले स्कटिङ गर्दै गन्तव्य स्थानतर्फ पठाएको थियो।

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०७८ बुधवार - १५:३२:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij