• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सत्ता साझेदार दलहरुको यस्तो निर्णय

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सत्ता साझेदार दलहरुको यस्तो निर्णय

images

प्रभाव न्यूज

९ माघ २०७८
  • 8.0K
    SHARES
  • images
    दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सत्ता साझेदार दलहरुको यस्तो निर्णय
    images
    images
    images

    काठमाडौं -  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सत्ता साझेदार दलले संघीय र प्रदेश सरकार समक्ष विकासे योजना माग गर्ने निर्णय गरेको छ।

    images

    सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको शनिबार याङसोलाटारमा बसेको बैठकले गाउँपालिकामा भएका भौतिक विकासको समग्र बिषय अध्यन गर्ने गर्दै संघीय सरकार र प्रदेश सरकार समक्ष विभिन्न योजना माग गर्ने निर्णय गरेको हो।

    सत्ता साझेदार दलको बैठकले सडक, खानेपानी, सिँचाई, पर्यटन, शहरीकरण, खेलमैदान लगायतका योजना माग गर्ने निर्णय गरेको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले जानकारी दिए।

    कांग्रेस पालिका सभापति गिरीको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्रका पालिका कमिटि अध्यक्ष राजेन्द्र राई, नेकपा एकीकृत समाजबादीका पालिका कमिटि अध्यक्ष शेरबहादुर थापा, जनता समाजबादी पार्टीका पालिका अध्यक्ष पृर्थिकुमार राई लगायतको उपस्थिति रहेको थियो।

    images

    बैठकमा कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि पुर्णबहादुर खड्का, नेकपा एकीकृत समाजबादीका जिल्ला उपाध्यक्ष नरेशराज राई, जिल्ला सदस्य ओमिराज राई, पेशल गुरागाई, पालिका उपसभापति भिमबहादुर राउत, नेकपा माओवादी केन्द्रका पालिका कमिटि उपाध्यक्ष किशान राई, सचिव दिपक पौडेल लगायत आमन्त्रित थिए। आगामी बैठक चक्रिया प्रणालीमा सञ्चालन हुने सत्ता साझेदार दलले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :माघ ९, २०७८ आइतवार - १४:४५:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij