• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


शेखर कोइराला समूहको बैठकले निकाल्यो यस्तो निष्कर्ष

शेखर कोइराला समूहको बैठकले निकाल्यो यस्तो निष्कर्ष

images

प्रभाव न्यूज

२० पौष २०७८
  • 23.4K
    SHARES
  • images
    शेखर कोइराला समूहको बैठकले निकाल्यो यस्तो निष्कर्ष
    images
    images
    images

    काठमाडौं- कांग्रेस नेता शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाले आफूविरुद्धको मतलाई अपमान गरेर जान खोजेको निष्कर्षमा निकालेको छ। 

    images

    समूहका नेताहरूको आज काठमाडौंको अनुपम फुडल्यान्डमा भएको छलफलबाट सभापति देउवाले शेखर समूहलाई पेलेर जान खोजेको निष्कर्ष निकालेको हो। छलफलमा सहभागी एक नेताकाअनुसार सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनका लागि टिकट वितरण गर्दा आफूहरूले पाएको जनमतलाई बेवास्ता गरेको विषयमा छलफल गरिएको छ ।

     छलफलले सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गर्दा पनि जनमतको अपहेलना गर्न खोजेको तथा शेखर समूहलाई पेलेर अघि बढेको निष्कर्ष निकालेको छ।  छलफलमा सहभागी नेता बलबहादुर केसीले एकदमै अनौपचारिक कुराकानी भएको बताए । बुधबारका लागि समूहले समीक्षा बैठक बोलाएको भन्दै उनले सोही बैठकको तयारीको रूपमा लिनुपर्ने बताए।   

    “चिया पिउँदै एकदमै अनौपचारिका गफ भएको हो, भोलि बोलाइएको समीक्षा बैठकलाई लिएर साथीहरूको धारणा सुन्ने काम भयो,” एक नेताले जानकारी दिए। शेखर समूले बुधबार २ बजे समूहको बैठक बोलाएको छ।

    images

    बैठकमा समूहबाट केन्द्रीय समितिमा चुनाव लडेका १३३ जनासहित समर्थकहरूलाई बोलाइएको छ। यो बैठकले महाधिवेशनको समीक्षा गर्दै भाबी रणनीति तय गर्ने केसीले जानकारी दिए।

    images

    आजको छलफलमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरू अर्जुननरसिंह केसी, बलवहादुर केसी, उपसभापतिका उमेदवार डा। चन्द्र भण्डारी र महामन्त्रीका उमेदवार डा। मिनेन्द्र रिजालको उपस्थिति रहेको थियो।

    images
    images

    प्रकाशित :पौष २०, २०७८ मंगलवार - १८:१८:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij