• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीम रावलले एमालेमा त्याग गर्ने

भीम रावलले एमालेमा त्याग गर्ने

images

प्रभाव न्यूज

३ पौष २०७८
  • 15.0K
    SHARES
  • images
    भीम रावलले एमालेमा त्याग गर्ने
    images
    images
    images

    काठमाडौं -  नेकपा (एमाले)का नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

    images

    अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए।

    तर, कसैले पाखा लगाउन खोजेमा भने त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए। रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे।

    यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए। उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए।

    images

    लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको रावलले बताए।

    images

    images
    images

    प्रकाशित :पौष ३, २०७८ शनिवार - १८:३३:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij