• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कमल थापाले हारको झोकमा बोलाए टिमको आकस्मिक बैठक, पार्टी फुटाउन सक्ने

कमल थापाले हारको झोकमा बोलाए टिमको आकस्मिक बैठक, पार्टी फुटाउन सक्ने

images

प्रभाव न्यूज

१९ मंसिर २०७८
  • 14.5K
    SHARES
  • images
    कमल थापाले हारको झोकमा बोलाए टिमको आकस्मिक बैठक, पार्टी फुटाउन सक्ने
    images
    images
    images

    काठमाडौं -  राप्रपाको अध्यक्षमा पराजित कमल थापाले आफ्नो प्यानलका नेताहरुको आकस्मिक बैठक गरेका छन्।

    images

    थापा प्यानलले याक एण्ड यति होटलमा अहिले समीक्षा बैठक गरिरहेको छ।

    चुनावी परिणाम आएलगत्तै थापा प्यानलमा रहेका नेताहरु छलफलमा जुटेका हुन्।

    अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भए पनि प्यालनका हिसाबले भने उनकै वर्चस्व छ।

    images

    तर अध्यक्षमा पराजित हुनुको कारणबारे बैठकमा कुराकानी भइरहेको एक नेताले जानकारी दिए। आइतबार बिहान घोषणा भएको मत परिणामअनुसार अध्यक्षमा लिङ्देनले थापालाई पराजित गरेका हुन्।

    images

    यस्तै महामन्त्रीमा लिङ्देन प्यानलकै धवलशमशेर राणा विजयी भएका छन्। तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भए। त्यस्तै उपाध्यक्षमा थापा प्यानलका विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन्।

    प्यालनका हिसाबले थापाकै वर्चस्व रहेको सो पार्टी फुटाउन सक्ने संभावना पनि रहेको कतिपयको विश्लेषण छ।

    images
    images

    प्रकाशित :मंसिर १९, २०७८ आइतवार - १०:५४:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij