• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


नवनिर्वाचित कांग्रेस सभापति विष्णु कुमार राईले गरे माननीय विशाल भट्टराईलाई काउण्टर

नवनिर्वाचित कांग्रेस सभापति विष्णु कुमार राईले गरे माननीय विशाल भट्टराईलाई काउण्टर

images

प्रभाव न्यूज

१४ मंसिर २०७८
  • 31.5K
    SHARES
  • images
    नवनिर्वाचित कांग्रेस सभापति विष्णु कुमार राईले गरे माननीय विशाल भट्टराईलाई काउण्टर
    images
    images
    images

    खोटाङ -  नेपाली कांग्रेस खोटाङका नवनिर्वाचित सभापति बिष्णुकुमार राईले नेकपा एमाले खोटाङबाट प्रतिनिधि सभाको सांसद बनेका विशाल भट्टराईलाई काउण्टर गरेका छन्।

    images

    जनप्रतिनिधि गाउँ-गाउँमा पुगे पनि विकास निर्माणको काम हुन नसकेको उनले टिप्पणी गरेका छन्। भट्टराई गाउँ-गाउँमा हिँडिरहेको भए पनि विकास निर्माणको सवालमा अपेक्षित प्रगति हुन नसकेको उनको दावि छ।

    ‘अहिलेका जनप्रतिनिधि गाउँ–गाउँमा हिडिरहनु भएको छ। तर, विकास निर्माणको सवालमा सार्‍है निम्छरो काम भएको छ,’ उनले भने, ‘गाउँमा डुलेर वा उपस्थिति देखाएर मात्र हुन्न। केन्द्रीय तहबाट जति विकास हुनपथ्र्यो त्यती किन भएन? खोजी गर्न आवश्यक छ।

    नेपाल प्रेस युनियनले विपि स्मृति भवन दिक्तेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै राईले आफु ‘पुरानो पुस्ताको अन्तिम सभापति’ हुनसक्ने बताएका छन्।

    images

    पछिल्लो समय पार्टीमा पुवा पुस्ताको उपस्थिति बाक्लो हुँदै गएको अवस्थामा आफू जिल्लामा पुरानो पुस्ताको अन्तिम सभापति हुनसक्ने बताएका हुन्।

    images

    यस विचमा आफूले उत्कृष्ट काम गर्ने लक्ष्य लिइएको उनको भनाई छ। ‘

    भर्खरै सकिएको जिल्लाको सातौं अधिवेशनमा पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व लैजान युवाले पहल कदमी गर्नुभयो। तर ५० कै दशकका नेतृत्व बिचबाट नेता छानिएको छ। ‘त्यस कारण म पुरानो पुस्ता र नयाँ पुस्ताबिचको पुल बन्न सक्छु। म माथि पुरानो पुस्ताको मनोभावनालाई समट्दै नयाँ पुस्ताको उत्साहपूर्ण मनोभावनालाई समाहित गर्नुपर्ने दायित्व थपिएको छ।

    यो काल खण्डमा मैले निकै मेहनत गर्नुपर्ने अवस्था छ।’ सभापति राईले पछिल्लो समय पार्टीमा गुटगत र व्यक्तीवादी राजनीति हावी भएको उल्लेख गरे। पार्टी विचारले चलाउनु पर्ने उनले बताए। ‘व्यक्ती ठूलो कुरो होइन। व्यक्ती नहुँदा पनि पार्टी चल्छ,’ उनले भने, ‘विचारका हिसावले पार्टी चलाउनुपर्छ। हामी पार्टीको विचारसँग केन्द्रित हुनुपर्छ।’

    चुनावमा कसैले जितेको र कसैले हारेको नभै वैधानिक अभ्यास मात्र भएको राईको भनाई छ।

    नेपाल प्रेस युनियनका अध्यक्ष उत्तम चौलागाँईको सभापतित्वमा भएको कार्यक्रममा नवनिर्वाचित उपसभापति इवन राई, सचिव ज्ञानेन्द्र जोशी लगायतले सम्बोधन गरेका थिए।

    प्रेस यूनियनले गाउँ/नगर समिति, जिल्ला कार्य समिति, प्रदेश र संघीय महाधिबेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको हो ।

    images
    images

    प्रकाशित :मंसिर १४, २०७८ मंगलवार - २०:१९:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij