• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बुटवल काण्ड दोहोर्‍याउन लागेपछि भीम बहादुरले हल्लाए चितवन

बुटवल काण्ड दोहोर्‍याउन लागेपछि भीम बहादुरले हल्लाए चितवन

images

प्रभाव न्यूज

१४ मंसिर २०७८
  • 18.6K
    SHARES
  • images
    बुटवल काण्ड दोहोर्‍याउन लागेपछि भीम बहादुरले हल्लाए चितवन
    images
    images
    images

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा. भीमबहादुर रावलले आफूले उम्मेदवारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन्।

    images

    दशौं राष्ट्रिय महाधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावमा मतदान गर्न पुगेका रावलले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि देखेपछि आपत्ति जनाएका हुन् ।

    पार्टीको केन्द्रीय निर्वाचन आयोगले पनि पदाधिकारीमा उठ्ने व्यक्तिले केन्द्रीय सदस्यमा उठ्ने÷नउठ्ने अधिकार स्वयं व्यक्तिलाई नै दिएको भन्दै रावलले आफूले दाबी नै नगरेको पदमा उम्मेदवारी राखेकोमा अहसमति जनाए।

    ‘पहिला पदाधिकारीमा उठ्ने नाम सदस्यमा राख्ने भनेकाले मैले के छ भनेर सोधेको थिए। मलाई पदाधिकारी र सदस्य दुबै राख्न चाहे भने दुबै हुन्छ। होइन भने पदाधकारी मात्र हुन्छ भनेको थियो।

    images

    मैले पदाधिकारीमा लड्ने सदस्यमा नलड्ने भनेको थिए। तर अघि मतदान गर्न जाँदा सदस्यमा मेरो नाम देखेँ। अध्यक्षमा लड्ने व्यक्ति म सदस्यमा लड्ने भन्ने कुरै आउँदैन,’ रावलले भने ।

    images

    यो प्रकरण रावलले बुटवलको आठौं महाधिवेशनमा फेस गरिसकेका छन्। उनले सम्झिए, ‘बुटवल महाधिवेशनमा सदस्यताको लागि मैले उम्मेदवारी दिएको थिइन, उम्मेदवारी दिएको उपाध्यक्षमा हारे, अनि मलाई सदस्य पद जितेको भनेर सपथ लिन भनियो।

    मैले उम्मदेवारी हालेकै छैन मैले कसरी सपथ लिने भने। त्यसलाई विवादको विषय बनाएर भीम रावलले सपथ लिएन भनेर समस्या खडा भयो । पछि मैले बाध्य भएर सपथ लिनुपर्ने अवस्था आएको थियो।’

    बुटवल महाधिवेशनको अवस्था नआओस् भनेर आफूले पहिले नै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरे पनि आफ्नो नाम केन्द्रीय सदस्यमा समेत उम्मेदवारका रुपमा राखेर बेइमानी गरिएको उनको भनाइ छ।

    ‘अहिले पनि मतगणनाको परीणाम नआउँदै मैले सदस्य पदमा उम्मेदवारी दिएको पनि छैन। निर्वाचन आयोगका पदाधिकारीलाई सोध्दा पनि तपाईले जे उल्लेख गर्नुहुन्छ त्यो मात्रै हुन्छ हुनाले अध्यक्ष पदमात्रै उल्लेख गरेको स्पष्ट पार्छु,’ उनले भने, ‘तर विद्युतीय मतदानमा मेरो नाम सदस्यमा पनि राखेकोमा मलाई मतदान गरे भने त सदस्य पनि हुनसक्ने भए। त्यसकारण मेरो सदस्य उम्मेदवारी छैन, होइ ।’

    उनले नदिएको ठाउँमा उम्मेदवार भनेर नाम राखिदिँदा प्रतिनिधि पनि झुक्किने र जितेर पनि विवाद सिर्जना ग¥यो भनेर नकारात्मक टिप्पणी हुनसक्ने भन्दै सचेत गराए। ‘अब मलाई त्यहाँ त्यतिकै सदस्य भइस् भनेर मनौ मलाई जिताइदिए भने पनि त्यो पदमा मैले सपथ लिन सक्दिनँ ।

    महिले अहिले नै प्रष्ट पारेको छु। पछि मान्छेहरुले सथप लिएन भीम रावलले यसो ग¥यो भनेर नभनुन्। नकारात्मक रुपमा न लैजाउन,’ उनले भने।

    images
    images

    प्रकाशित :मंसिर १४, २०७८ मंगलवार - ०९:५५:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij