खोटाङका १० वटै पालिकामा नेकपा माओवादी केन्द्रले सर्वसहमत पालिका कमिटि गठन गरेको छ।
शनिबार सम्पन्न पालिका÷नगर सम्मेलनबाट दुई नगरपालिकामा र आठ गाउँपालिकामा नेतृत्व चयन गरेको हो।
नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटि गठन गरिएको माओवादी केन्द्रले जनाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्षमा विसन राई र हलेसी तुवाचुङ नगरपालिका अध्यक्षमा राजुबिक्रम चाम्लिङलाई चयन भएका छन्।
माओवादी केन्द्रले ऐसेलुखर्क गाउँपालिकामा अगमसिं राई, केपिलासगढी गाउँपालिकामा रुद्र राई, खोटेहाङ गाउँपालिकामा दिपेन राई, जन्तेढुंगा गाउँपालिमा बद्री राईलाई अध्यक्ष चयन गरेको छ।
यस्तै, दिप्रुङ गाउँपालिकामा राजेन्द्र राई, रावाबेँसी गाउँपालिकामा रामबहादुर राई (बाबुराम), बराहपोखरी गाउँपालिकामा युवराज मगर र साकेला गाउँपालिकामा अर्जुन खड्का झंकारको अध्यक्षतामा पालिका कमिटि गठन गरिएको माओवादी केन्द्रका खोटाङ संयोजक देवान किराती पृथ्बीले बताए।