• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीम रावलले यस कारण अड्काइदिए ओलीलाई

भीम रावलले यस कारण अड्काइदिए ओलीलाई

images

प्रभाव न्यूज

११ मंसिर २०७८
  • 12.5K
    SHARES
  • images
    भीम रावलले यस कारण अड्काइदिए ओलीलाई
    images
    images
    images

    नेकपा एमालेको दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषय पेचिलो बन्दै गएको छ।

    images

    अध्यक्ष केपी शर्मा ओलीले आफूसहित सबै पदाधिकारी सर्वसम्मत बनाउन चाहे पनि आफ्नै समूह र प्रतिष्पर्धी अर्को समूहका नेताहरूलाई मिलाउन नसक्दा सर्वसम्मतिको प्रयाससँगै एमाले महाधिवेशनको अवधि लम्बिने देखिएको छ।

    अध्यक्ष ओलीनिकट नेताहरूका अनुसार सर्वसम्मतिको प्रयास अहिले अध्यक्षमा दाबेदारी गरेका भीम रावलमा अड्किएको छ। उपाध्यक्ष रावलको उम्मेदवारीले ओलीले अरूलाई सर्वसम्मत बनाउने भन्दा पनि आफू सर्वसम्मत बन्न चुनौती थपिएको छ।

    अध्यक्ष ओली नै सर्वसम्मत हुने÷नहुने टुंगो नभएकाले उनको समूहका पदाधिकारी आंकाक्षी नेताहरूले आफ्नो दाबी छोडेका छैनन्।

    images

    अध्यक्षमा दाबी गरेका रावललाई मिलाउन अध्यक्ष ओलीले छलफल गर्न खोजे पनि उनीहरूबीच चितवनमा कुराकानी हुन सकेको छैन। यसअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले रावलको उम्मेदवारी आफूलाई चुनौती नभई सम्मान भएको टिप्पणी गरेका थिए।

    images

    उनको समूहमै रहेका ईश्वर पोखरेल र सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् भने विष्णु पौडेल र शंकर पोखरेल महासचिवका दाबेदार हुन्।

    ओलीले आफ्नो समूहका नेतालाई मिलाउनु पहिला आफू सर्वसम्मत भएको देखाउनु छ। तर त्यसका लागि रावल सहमत छैनन्।

    शनिबार बन्दसत्रभित्र प्रवेश गर्नुअघि संवाददाताहरूसँग कुरा गर्दै रावलले सर्वसम्मतिको प्रयास भइरहेको आफूले थाहा नपाएको र अध्यक्षमा आफ्नो उम्मेदवारी कायम रहेको बताएका थिए।

    उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई भोट मागेको पनि देखिएको थियो। रावलनिकट नेताका अनुसार उनी अध्यक्षबाट पछाडि फर्किने मुडमा छैनन्।

    ओलीले आफू सर्वसम्मत हुन पदाधिकारीमा पनि सर्वसम्मत बनाउन खोजेको उनको बुझाइ छ। ’पदाधिकारी संख्या बढाएरमात्रै सहमति हुँदैन’, रावलनिकट रहेका एक नेताले, ’आफू सर्वसम्मत हुन उहाँले पदाधिकारी थप्नु भएको हो।

    एक जनाको सनकको भरमा ७६ जना केन्द्रीय कमिटी सदस्य थप्न मिल्छ भन्ने उहाँहरूको प्रश्न छ।’

    भावुक हुँदै ओलीले भने ‘धेरैपल्ट मरेर बाँचेको मान्छे म, मेरो त्यति भर नहुन सक्छ’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पटक पटक अप्रेशनबाट नयाँ जीवन पाउँदै आएकाले त्यति भर नभएको बताएका छन्। एमालेको बन्द सत्रलाई सम्बोधन गर्दै भावुक बनेका ओलीले नयाँ पुस्तामा चाँडै एमालेको नेतृत्व जाने संकेत पनि गरे।

    ‘म कति बाँँच्छु थाहा छैन,’ ओलीले शनिबार चितवनमा आयोजित बन्दसत्रमा भने, ‘धेरैपल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरुबाट गुज्रिएर आएको हुँ, कति बाँचिन्छ भन्न सकिन्नँ।’ उनले आफ्नो जीवनको कुनै टुंगो नभएको बताए।

    ओलीले धेरैपटक मरेर बाँचेर आएकाले भर नभएको बताए।

    उनले भने, ‘मेरो जीन्दगी धेरैपल्ट मरेर बाँचेर आएको, त्यति साह्रो भर नहुन सक्छ।’ उनले एमालेभित्र नयाँ पुस्ताबाट लोकतन्त्र सुरक्षित रहेको बताए।

    ओलीले आफू नयाँ पुस्ताको उच्च मनोबल र असाधारण क्षमताका कारण निकै उत्साही र ढुक्क भएको बताए

     

    images
    images

    प्रकाशित :मंसिर ११, २०७८ शनिवार - २०:१६:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij